‘नेताको व्यवहार जुम्राले लाश छाडेजस्तो’


आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ सार्वजनिक

प्रकाशित मिति :2018-07-09 10:20:00

–महिला खबर–

काठमाडौं । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ सार्वजनिक भएको छ ।

संवाद डबलीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले उक्त कृतिको विमोचन गरे ।

सोही अवसरमा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को पनि विमोचन गरियो ।

गजलकार रावलले गजल तथा साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । उनले अन्य साहित्यजस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्ठाहरुले आफू अनुकुल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे ।

‘उज्यालोको खोजी’ गजल संग्रहकी गजलकार आस्था केसीले आफू १५\१६ वर्षको किशोरी अवस्थामै जनयुद्धमा लागेको र त्यही समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् ।

उनले आफूले औपचारीक रुपले गजल विधाको अध्ययन नगरे पनि हिजोका आँधी हुरीमय युद्धकालिन् मुक्ति यात्राले सिकाएको र अझै सिक्दै गरेको बताइन् ।

केसीले आफूहरुले जनयुद्ध तथा मुक्त यात्रामा हुँदा देखेका सपना नेतृत्वले चक्नाचुर पारेकोप्रति पीडा व्यक्त गर्दै भनिन्, ‘शान्ति प्रक्रियापछि नेतृत्वले कार्यकर्तालाई जुम्राले लाश छाडेजस्तै जीवन अस्तव्यस्त बनाई दिए ।’ उनले हिजो आफू वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि वर्गीय मुक्तिको लागि साहित्य सृजना गर्ने बताइन् ।

दश कक्षा पढ्दै गर्दा भूमिगत भएदेखि नै साहित्य पढ्न र लेख्न थालेको र प्रचण्डलाई नचिन्दै आफूहरुले प्रचण्डपथ अंगालेको बताउने केसीले त्यो समयमा लेखिएका जनपक्षिय साहित्य आज हेर्दा अचम्म लाग्ने गरेको बताइन् । ‘जुन सपना बोकेर हामीहरु जनयुद्धमा इमान्दार भई लड्यौं । तर त्यो पूरा हुन सकेन’ केसीले भनिन्, ‘आंशिक परिवर्तन मै चित्त बुझाउनु परेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: