नेपालकी पहिलो महिला शासनकर्ता ‘राजेन्द्रलक्ष्मी’ बारे नृत्यनाटिका


प्रकाशित मिति :2018-07-09 11:45:26

–महिला खबर–

ललितपुर । नेपालकी पहिलो महिला शासनकर्ता राजेन्द्र राज्यलक्ष्मीदेवी शाहको जीवनमा आधारित नृत्यनाटिका ‘राजेन्द्रलक्ष्मी’ बनेको छ ।
पृथ्वीनारायण शाहले शुरु गरेको राज्यविस्तार अभियानकी एक अभियन्ता राजेन्द्रलक्ष्मीको अदम्य साहसलाई उजागर गरिएको ‘राजेन्द्रलक्ष्मी’ महिलाको इतिहास लुकाउने दुष्प्रयास गर्नेहरुलाई झापड भएको दाबी गरिएको छ ।

नाटककी निर्देशक नम्रता केसीले भनिन्, ‘राजेन्द्रलक्ष्मीको योगदानलाई नेपाली इतिहासमा छिटफुट अध्ययन गर्ने गरेको पाइन्छ । यद्यपि, पुरुषप्रधान समाजमा पुरुष दृष्टिकोणबाट हेर्दा उनको योगदान एकदमै देखिन्छ ।’

‘राजेन्द्रलक्ष्मीको विरताको कथा ओझेल पारिएको छ’ नम्रताले भनिन्, ‘यसमा राजेन्द्र राज्यलक्ष्मीको जीवन संघर्षलाई स्वयम् उनकै र समकालिन महिलाहरुको दृष्टिकोणबाट हेर्ने प्रयास गरिएको छ ।’

नम्रताका अनुसार नृत्यनाटिका हेर्नेलाई इतिहासमा उल्लेख नभएका कारण कथाका कतिपय घटनाहरु काल्पनिक पनि लाग्न सक्छन् । तर इतिहासलाई ‘शक्तिसम्पन्न कलमले लेखिएको सरकारी दस्तावेज’ मान्ने हो भने यो कल्पनाशीलतालाई सृजनात्मक छुट प्राप्त हुने विश्वास छ उनलाई ।

असार ८ गतेदेखि २४ गतेसम्म काठमाडौंको अनामनगरस्थित मण्डला नाटकघरमा प्रदर्शन गरिएको नृत्यनाटिका हेर्न हरेक दिन दर्शकको भिड लाग्नु मान्छेको इतिहासप्रतिको प्रेम भएको बुझाइ नम्रताको ।

यसको परिकल्पना पनि निर्देशक नम्रताकै हो । नम्रता लगायत अरु ९ जना महिलाले अभिनय गरेको राजेन्द्रलक्ष्मी बारे नम्रता थप्छिन्, ‘मेरो इतिहासप्रतिको असहमति र भविष्यप्रतिको चिन्ता नै यो नृत्यनाटिका हो ।’

हेर्नुस् नाटकका केही दृश्य तस्वीरमाः

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: