गर्भपतनले महिलामा मनोवैज्ञानिक समस्या बढाउँदैः डा. हाडा


प्रकाशित मिति :2018-07-09 14:40:27

–महिला खबर–

काठमाडौं । प्रा.डा. मिरा हाडाले गर्भपतनको असर स्वरुप महिलामा मनोवैज्ञानिक समस्या पनि बढ्दै गएको बताएकी छन् । गर्भपतनको जथाभावी र बढ्दो संख्यालाई रोक्न महिलालाई परिवार नियोजनको परामर्श दिनुपर्ने उनको राय छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बल्खुस्थित बयोदा अस्पतालमा आइतबार आयोजना गरेको सन्डे क्लबमा बोल्दै डा. हाडाले विज्ञापनका पछाडि लागेर महिलाले प्रयोग गर्ने विभिन्न सामाग्रीले महिला स्वास्थ्यमा ठूलो असर पर्दै गएको बताइन् ।

गर्भावस्थामा महिलामा देखा पर्ने विभिन्न रोगका कारण सल्यक्रियामार्फत महिलाको प्रसूति गराउने दर पनि बढेको बताइन् । हाल करिव ४७ प्रतिशत महिलाले सल्यक्रियामार्फत प्रसूति गराउने गरेको उनको भनाइ छ ।

तीन दशक अघिदेखि स्त्री तथा प्रसूति सेवामा समर्पित डा. हाडाले कुनै पनि महिलाले गर्भाधान अघिदेखि नै चिकित्सकको सल्लाह लिएमा प्रजनन्सँग सम्बन्धित थुप्रै समस्या कम गर्न सकिने बताइन् ।

कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिलाको स्वास्थ्य परीक्षण गरिएको डब्लुडब्लुजेकी अध्यक्ष अमिका राजथलाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: