मदन पुरस्कारको लागि महिला लेखकका दुई सहित ८ पुस्तक छनौट


प्रकाशित मिति :2018-07-09 17:17:06

–महिला खबर–

ललितपुर । २०७४ सालको मदन पुरस्कारको लागि दुई महिला लेखकले लेखेको पुस्तक सहित उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक भएको छ ।

सरस्वती प्रतिक्षाको पुस्तक नथिया र निलम कार्की निहारिकाले लेखेको पुस्तक याेगमाया उत्कृष्ट ८ को सूचीमा परेको हो ।

मदन पुरस्कार गुठीले सोमबार विज्ञप्ती निकालेर २ सय ५३ पुस्तकबाट ‘श्रेष्ठ आठ’ पुस्तकको सूची सार्वजनिक गरेको जनाएको छ ।

उत्कृष्ट ८ मा परेका अन्य पुस्तकमा ध्रुव सत्य परियारको कैरन, तीर्थ गुरुङको पाठशाला, नयनराज पाण्डेको यार, राज माङलाकको लिम्बुनी गाउँ र मोहन वैद्य किरणको हिमाली दर्शन रहेका छन् ।

यिमध्ये एक पुस्तकलाई गुठीले मदन पुरस्कार प्रदान गर्ने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: