१३ वर्षीया बालिका बलात्कारपछि गर्भवती
आरोपमा ३० वर्षीय कासिराम वड विरुद्ध मुद्दा दर्ता
–महिला खबर–
ललितपुर । बैतडीमा १३ बर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मेलौली नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा ३० वर्षीय कासिराम वड विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनले घरमा कोही नभएको बहानामा किशोरीलाई अनेक बहानामा ललाई फकाई यौन शोषण गर्दै आएको किशोरीका बुबाले बताए । किशोरी कक्षा ५ मा अध्ययनरत रहेको पनि उनका बुबाले बताए ।
किशोरीले पेट दुख्यो भन्दै उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा गएपछि उनको पेटमा १९ हप्ताको गर्भ रहेको थाहा भएको थियो । कसको गर्भ हो भन्दै परिवार आफन्तले सोधपुछ गर्दा किशोरीले घटनाबारे बताएकी हुन् ।
घटनाका आरोपित विरुद्ध किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएका हुन् ।
उजुरी अनुसार प्रहरीले वडलाई पक्राउ गरी असार २४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरीक्षक कान्तराज जोशीले बताए ।
Comment Here!