बालगृहबाटै पाँच बालकको उद्धार


प्रकाशित मिति :2018-07-10 16:29:58

–प्रकाश सिंह–

बाजुरा । गैर कानुनी रुपमा राखिएका बाजुराका पाँच बालकलाई कैलालीको एक बालगृहबाट उद्धार गरिएको छ । उद्धार गरिएका सबै बाजुराको बुढिगंगा नगरपालिका घर भएका बालक हुन् ।

बालकहरुलाई कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ११ बल्चौरमा रहेको ओम बडिमालिका सनातन धर्म नामक संस्थाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाईएको महिला तथा बालबालिका कार्यालय बाजुराकी सहायक महिला विकास निरीक्षक बिन्दु कुमारी बडालले जानकारी दिइन् ।

जिल्लामा रहेका बालगृहहरुको अनुगमनका क्रममा ओम बडिमालिका सनातन धर्मले नियम र कानुन विपरित बालबालिका राखेको पाएपछि महिला तथा बालबालिका कार्यालय कैलालीले उनीहरुको उद्धार गरी बाजुरा जिल्ला बालकल्याण समितिमा बुझाएको थियो ।

पाँचैजना बालकलाई राम्रो शिक्षादिक्षा दिने र लालनपालन गर्ने शर्तमा उक्त संस्थाले अभिभावकबाट जिम्मा लिई कैलाली ल्याएको कैलाली बाल कल्याण समितिका सदस्य शेर सिंह खड्काले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: