बलात्कारी २० वर्षपछि पक्राउ


प्रकाशित मिति :2018-07-10 16:45:46

–महिला खबर–

ललितपुर। बलात्कारको मुद्दामा दोषी प्रमाणित भएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभा मकालु गा.वि.स वडा नं.९ स्थायी घर भई हाल काठमाडौं कपन बस्ने ३८ वर्षका आङतेम्बा शेर्पालाई घटनाको २० वर्षपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो, महाराजगञ्जले आज कपनबाट पक्राउ गरेको जानकारी दिएको छ ।

२०५४ साल पुस १८ गते बेलुका मकालु गा.वि.स वडा नं. ८ बस्ने एक महिलालाई आङतेम्बा शेर्पा समेत तीन जनाले जबरजस्ती करणी गरी फरार भएका थिए । यो घटनाका दोषीलाई संखुवासभा जिल्ला अदालतको मिति २०६१ चैत्र १० गतेको फैसलाले पाँच वर्ष कैदको फैसला सुनाएको थियो ।

आङतेम्बालाई ब्यूरोको टोलीले आजै काठमान्डौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाएको पनि जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: