धारा छुँदा कुटपिट गर्नेलाई कैद र सजाय


प्रकाशित मिति :2018-07-11 16:28:34

–महिला खबर–

ललितपुर । सार्वजनिक धारामा पानी थापेको निहुँमा दलित समुदायका आमाछोरी कुटपिट गर्नेलाई ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ ।

२०७५ वैशाख १५ गते महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ४ मा रहेको सार्वजनिक धारामा पानी थाप्न गएकी ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषालाई कुटपिट गर्नेलाई महोत्तरी जिल्ला अदालतले जेल र जरिवाना सजाय सुनाएको हो ।

न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।

अर्की अभियुक्त नाबालक भएकाले पूर्ण सजायको आधा अर्थात ३ महिना कैद सजाय सुनाइएको छ । तर, १६ वर्ष उमेर नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा यो समेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिका सम्वन्धी ऐनको दफा ५ को २० अनुसार सजाय स्थगनको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रामानन्द अधिकारीले जानकारी दिए ।

अदालतले उनलाई सुनाएको ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको पनि श्रेस्तेदार अधिकारीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: