गोरखापत्रमा आफ्नो रेकर्ड आफै ब्रेक गरिन् हरिकलाले


प्रकाशित मिति :2018-07-12 14:45:02

–महिला खबर–

ललितपुर । गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकमा दोस्रोपटक निमित्त महाप्रबन्धक भएर संस्थानका प्रबन्ध सम्पादक हरिकला अधिकारीले आफ्नो रेकर्ड आफै ब्रेक गरेकी छन् ।

अधिकारी संस्थानको निमित्त महाप्रबन्धक हुने पहिलो महिला हुन् । उनले यसअघि २०७४ साउन ८ देखि २०७४ पुस २ गतेसम्म निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हालेर गोरखापत्र संस्थानको इतिहास ब्रेक गरेकी थिइन् ।

हरिकला अधिकारी

असार २६ गतेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरिएको हो ।

उनी संस्थानको ११ तहको ज्येष्ठतम कर्मचारी हुन् । मन्त्रालयको पत्रमा उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धक तोकिएको उल्लेख छ ।

निमित्त महाप्रबन्धक अधिकारीले बुधबार नै पद बहाली गरेकी छन् । उनलाई प्रकाशन प्रमुख तथा विभागीय प्रमुख, पत्रकारहरू, कर्मचारीहरु तथा आधिकारिक टे«ड युनियनका अध्यक्षलगायतले स्वागत गरेको संस्थानका सचिव लक्की चौधरीले महिला खबरलाई बताए ।

पद वहालीपछि प्रकाशन प्रमुख तथा विभागीय प्रमुखहरूलाई अधिकारीले संस्थानलाई सहजरूपमा सही तरिकाले अगाडि बढाउन कुनै समस्या भए खुलेर राख्न र समाधानका विकल्पहरू पनि ल्याउन निर्देशन दिइन् ।

हरिकलाको पत्रकारिता यात्रा

अधिकारी संस्थानको मासिक प्रकाशन ‘युवामञ्च’को सम्पादक तथा मुना मासिकको कार्यकारी सम्पादक पनि भइसकेकी छन् ।

गोरखापत्र दैनिकको पत्रकारिता सेवामा २०४६ साल कार्तिकमा प्रवेश गरेकी अधिकारी संस्थान सेवापूर्व ‘राजधानी’ र ‘मातृभूमि’ साप्ताहिकसँग आबद्ध तथा ‘उपमा’ मासिकका सम्पादक थिइन् ।

उनका ‘रेडियोमा महिला बोलीः भाषा, संवाद र लैङ्गिक शैली’ र ‘सहभागिताः सन्दर्भ–पुस्तक’ प्रकाशित छन् ।

अधिकारी ‘सञ्चारकर्मी महिलाको अवस्था’, ‘सामुदायिक रेडियो प्रसारण निर्देशिका’, ‘व्यावसायिक बनौँ सुरक्षित रहौँः पत्रकार महिलाको सुरक्षा निर्देशिका’ कृतिहरूका सह–लेखक हुन् । उनका ‘अन्तद्र्वन्द्व’, ‘चित्र–विचित्र’ र ‘जिन्दगी बुझ्नलाई’ शीर्षकका तीन साहित्यिक कृति पनि प्रकाशित छन् ।

नेपाल प्रेस इन्स्टिच्युटको पत्रकारिता तालिमको पहिलो समूहमा प्रशिक्षित अधिकारीले पत्रकारितामा प्रशिक्षण र खोज अनुसन्धान गर्दै गोरखापत्रमा ‘जनआवाज’, ‘संवाद’ तथा ‘समकोण’ स्तम्भहरूका स्तम्भकार, रेडियो म्यागाजिनहरू ‘खोजखबर’, ‘हाकाहाकी’, ‘मिलिजुली’, ‘बराबरी’, ‘छिनोफानो’ तथा ‘सामना’का कार्यक्रम निर्माता र रेडियो म्यागाजिन ‘समकोण’को निर्माण परामर्शदाताका रूपमा पत्रकारिताको अभ्यास गरिसकेकी छन् ।

‘पत्रकारिता र प्रजातन्त्र’ विषयमा स्वीडेनको फोयो युनिभर्सिटिबाट डिप्लोमासहित विभिन्न देशबाट पत्रकारिताको तालिम र अध्ययन भ्रमणको अनुभव लिएकी उनले ‘नर्थ–साउथ ओमेन जर्नलिस्ट नेटवर्क’ र ‘पपुलेसन रेफरेन्स ब्युरो’को ‘ओमेन्स इडिसन’जस्ता सञ्जालमा पनि आबद्ध रही काम गरिसकेकी छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा दर्शनाचार्य गरी हाल ‘सम्पादकीय सङ्कथनमा प्रतिनिधित्व’ शीर्षकमा विद्यावारिधि पनि गर्दैछिन् ।

असार २० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तत्कालीन महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पदमुक्त भएपछि संस्थान कार्यकारी प्रमुखविहीन थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: