कुमारित्व परीक्षणको अन्त्य गर्ने लडाईंमा पहिलो सफलता


प्रकाशित मिति :2018-07-12 15:53:28

ललितपुर । नयाँ स्वास्थ्य नीतिले अफगानिस्तानका चिकित्सा केन्द्रहरू र अस्पतालहरूलाई कसैलाई जेल सजाय र बहिष्करण तर्फ डोर्याउन सक्ने परीक्षणहरू गर्नबाट रोक्नेछ ।

अफगानिस्तानको बाल्ख प्रान्तको एउटा जेलका फोहोर कक्षहरुमा २ सय भन्दा बढी किशोरी र युवती कोचिएर बसेका छन् । धेरै जना यहाँ महिनौसम्म कैद हुनेछन् । भने, कोही एक वर्ष भन्दा बढीको लागि । उनीहरू जब कारागारबाट मुक्त हुन्छन् तब उनीहरूले अनावश्यक लाजगाज, बहिष्कार र उपेक्षाले भरिएको अनिश्चित भविष्यको सामना गर्ने छन् ।

उनीहरुले के अपराध गरेका थिए ? उनीहरू चिकित्सा केन्द्र वा अस्पतालमा स्वास्थ्य व्यवसायीले गराएको कुमारित्व परीक्षणमा असफल भएका थिए ।

गत वर्ष, मानव अधिकार अभियानकर्ताहरूको बढ्दो दबाबका कारण अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले फरेन्सिक कुमारित्व परीक्षण (यौनांगको झिल्ली यथावत छ की छैन भनेर गरिने परीक्षण) लाई आधिकारिक प्रक्रियाको रुपमा प्रतिबन्धित गरिनेछ भनेर प्रतिबद्धता व्यक्त गरेका थिए ।

यद्यपि यस्तो परीक्षण गर्ने अभ्यास रहिरहने छ । यो अभ्यासले आफ्नो कुमारित्व प्रमाणित गर्न नसक्ने केटी वा महिलामा यति ठूलो नकरात्मक असर पार्छ कि उनीहरूको जीवन नै तहसनहस हुन्छ ।

‘म बाल्ख प्रान्तको एक जेलभित्र पुगेको छु र त्यहाँ रहेका कैदी मध्ये अधिकांश जसो कुमारित्व परीक्षणमा असफल भएका थिए । त्यसपछि उनीहरूलाई जेलमा लगियो । उनीहरू १३ वर्षदेखि २१ वर्षसम्मका छन्’ अफगानिस्तानका लागि मेरी स्टोप्स ईन्टरनेशनल संस्थाका निर्देशक फर्हाद जावीदले भने ।

‘मैले त्यहाँ भित्र धेरै अप्ठ्याराहरू देखें । त्यहाँको अवस्था धेरै खराब थियो । त्यहाँका कक्षहरू धेरै साना थिए । प्रत्येक यस्तो कक्षमा १२ जना भन्दा बढी केटीहरू राखिएका थिए । उनीहरूलाई त्यहाँ तीन महिनाको लागि मात्र भनेर राखिएको छ । तर धेरै जसोलाई एक वर्ष वा डेढ वर्षको लागि राखिन्छ । जब उनीहरू बाहिर निस्कन्छन् परिवारले उनीहरूलाई बेवास्ता गर्छन् । उनीहरू एकदमै अनिश्चित स्थितिमा छन्’ उनले भने ।

विश्व स्वास्थ्य संगठनद्वारा अपमानजनक, भेदभावपूर्ण र अवैज्ञानिक भनेर भर्त्सना गरिसकेको कुमारित्व परीक्षण अफगानिस्तानमा भने व्यापक प्रचलनमा छ । महिलाले व्यभिचार गरेको छ वा विवाह गर्नुअघि यौन सम्बन्ध राखेको थियो कि थिएन भनेर पत्ता लागाउन यो परीक्षण गरिन्छ ।

नागरिक समाज र धार्मिक नेताहरू लगायत मेरी स्टोप्स अफगानिस्तानको लामो संघर्षपछि एउटा सरकारी सार्वजनिक स्वास्थ्य नीति आएको छ । उक्त नीतिको कार्यन्वयन पछि अफगानिस्तानको हरेक चिकित्सा केन्द्र र अस्पतालमा यस्तो अभ्यासमाथि प्रतिबन्ध लाग्ने छ ।

स्वीडीस सरकारको आर्थिक सहयोगमा यस संस्थाले नयाँ नीति बुझाउन र यसको बारेमा प्रभावकारी सञ्चार प्रवाह गर्न अफगानिस्तानको प्रत्येक प्रान्तका स्वास्थ्य सेवा केन्द्रहरूमा चिकित्सक र नर्ससँग काम गर्नेछ ।

‘एउटा लामो संघर्षपछि हामी यो विषयमा यहाँ आइपुगेका छौं । हामीले यसलाई एउटा प्रमुख प्रतिफलको रूपमा हेरेका छौं । किनभने अफगानिस्तानमा सार्वजनिक स्वास्थ्य नीति बलियो छ । सरकार र तालिवान क्षेत्र दुवैमा यो नीति सम्मानित छ । यो सरिया कानून भन्दा माथि छ । हामीलाई आशा छ यो नीति सबै प्रान्तहरूमा कार्यन्वयन हुनेछ’ जावीदले भने ।

सन् २०१६ मा कुमारित्व परीक्षण प्रतिबन्द गरिएको थियो । जावीदले भने – तर, प्रहरीले यौन सम्बन्धको आशंकामा किशोरी महिलालाई अस्पताल वा चिकित्सा केन्द्र लैजान्छन् जहाँ उनीहरुलाई कुमारित्व परीक्षणका लागी बाध्य पारिन्छ ।

‘हामी अब आशावादी छौं । जब प्रहरी वा परिवारले एउटा महिला वा केटीलाई यहाँ ल्याउँछन् र उनीहरूले कुमारित्व परीक्षणको लागि माग गर्छन् तब स्वास्थ्यकर्मीहरुले यो माग पूरा गर्ने छैनन् । यो तरिकाले कानून कार्यन्वयन गर्ने निकायहरू र समाजमा विद्यमान सांस्कृतिक मनोवृत्तिलाई पनि परिवर्तन गर्न मद्दत पुर्याउँछ ।

जावीद भन्छन्, अर्को कदम भनेको यो बाध्यकारी कुमारित्व परीक्षणका कारण कैद भएका हजारौं महिला र किशोरीलाई मुक्त गर्नु हो । सन् २०१६ को मानवअधिकारको एक रिपोर्ट अनुसार, अफगानिस्तानको कारागारमा राखिएका लगभग ५० प्रतिशत महिला र बाल हिरासतमा रहेका ९५ प्रतिशत किशोरी नैतिक अपराध जस्तै विवाह अघि यौन सम्बन्ध राखेको अभियोगमा सजाय पाइरहेका छन् ।

साभारः द गार्जीयन

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: