बाढीले सुकुम्बासी बस्तीका यस्तो त्रास


प्रकाशित मिति :2018-07-12 17:10:33

–महिला खबर–

ललितपुर । बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण उपत्यका लगायत केही जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण उपत्यकाको बाग्मती लगायत नदी किनारामा बसोबास गर्ने बासिन्दा त्रसित बनेका छन् । बाढीका कारण सुत्केरी महिला, बालबालिका र वृद्धावृद्धा थप प्रभावित भएका छन् ।

पहिरोका कारण भक्तपुरमा एक महिलासहित तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक बालिका र एक वृद्ध रहेका छन् ।

चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको ज्यान गएको भक्तपुर महानगरीय प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंको थापाथलीस्थित बाग्मती किनाराको सुकुम्बासी बस्तीमा बस्दै आएकी प्रमेश्वरी मुखिया बाढीले थप त्रसित बनेको बताउँछिन् ।

मुखिया भन्छिन्, ‘श्रीमान श्रीमती नै आँखा देख्दैनौ । घर नदी किनारामै छ । राती बाढी आइहाल्यो भने कसरी जोगिने ।’ बाढी घरभित्र पसेसँगै ओढ्ने, ओछ्याउने र सरसामान समेत भिजेको उनले बताइन् ।

सोही बस्तीमा बस्दै आएका शंकरबहादुर मगर भन्छन्, ‘बाढी आइहाल्यो भने हामी भाग्छौ । तर श्रीमती, छोराछोरीलाई कसरी बचाउँने । कति खेर बाढी आउँछ भन्नेमा हामी त्रसित छाै‌ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: