सुनिता दनुवारलाई सम्मानपत्र


प्रकाशित मिति :2018-07-13 16:43:59

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारलाई सम्मानपत्र प्रदान गरेको छ ।

दनुवार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध क्रियाशील भई अमेरिकी पुरस्कार इन पर्सन रिपोर्टर्स अवार्डद्वारा सम्मानित हुन सफल भएको भन्दै मन्त्रालयले सम्मान गरेको हो ।

हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सम्मानपत्र प्रदान गर्दै दनुवारलाई आगामी दिनमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा सक्रिय हुन आग्रह गरिन् ।

उनले नेपाली महिला अमेरिकामा सम्मानित हुनु गौरवको विषय भएको समेत उल्लेख गरिन् ।

सम्मानित दनुवारले पुरस्कारले आगामी दिनमा मानव बेचबिखनको क्षेत्रमा काम गर्ने हौसला मिलेको बताएकी थिइन् ।

१८० देश मध्येबाट छानिएका १० जना सामाजिक अभियन्ताहरुबाट सुनिता दनुवार टिप हिरो बन्न सफल भएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: