६ महिनामा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार


प्रकाशित मिति :2018-07-13 16:46:54

–महिला खबर–

ललितपुर । केआई नेपालले सन् २०१८ मा ६ महिनाको अवधिमा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार गरेको छ ।

संस्थाले उद्वार गरिएका ३ सय ६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन समेत गराएको छ । भने २८ जना महिला तथा किशोरीलाई सुरक्षित आवास गृहमा राखी सीप विकास तालिम दिएको छ ।

सीमा नाकामा भारत तर्फ जाँदै गरेका यात्रुसँग सोधपुछ गर्दै केआई नेपालका प्रतिनिधी ।

संस्थाले सोही अवधिमा भारत लगायत अन्य मुलुकबाट उद्वार तथा स्वदेश फिर्ता गरिएका ११ जना महिला, किशोरी तथा ५ बालकलाई स्वदेश ल्याई पारिवारिक पुनर्मिलन तथा सीप विकास तालिममा सहभागी गराएको छ ।

यस्तै ३२ जना प्रभावितद्धारा ३८ जना प्रतिवादी विरुद्ध १८ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा, ४ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा, २ वटा सार्वजनिक मुद्दा, १ वटा किर्ते कागज सम्बन्धी मुद्दा विभिन्न जिल्लामा दर्ता गरिएको पनि के आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भटराईले बताए ।

यस्तै केआई नेपाल २०१८ मा नेपाल, भारत र अमेरीकाबाट सम्मानित भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, हाम्रो सोच हाम्रो भविष्य न्यू दिल्ली भारत र एटलान्टा अमेरिकाद्वारा मानव बेचबिखन प्रभावितहरुको दिगो व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै संस्था सम्मानित भएको पनि कार्यक्रम निर्देशक भटराईले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: