पत्रकार महिलालाई सम्पादन तालिम


प्रकाशित मिति :2018-07-15 13:22:15

–महिला खबर–

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले पत्रकार महिलालाई एक दिनेको समाचार तथा फिचर सम्पादन तालिम दिएको छ ।

संचार तथा सूचना प्रविधी मन्त्रालयको सहयोगमा आयोजित तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारिता समाजभन्दा बाहिर जान नसक्ने हुनाले समाज परिवर्तन गरी देश विकास गर्न यसको महत्वपूर्ण भूमिका रहने बताए ।

नेपाल सरकारले हाल राष्ट्रिय आम संचार नीति निर्माण गर्दै गरेकाले पत्रकार महिला मैत्री नीति बनाउनेमा आफूले पहल गर्ने प्रमुख अतिथी गुरुङले बताए ।

कार्यक्रममा हालै गोरखा पत्र संस्थानको निमित्त महाप्रवन्धकमा नियूक्त गरिएका हरिकला अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित पत्रकार अधिकारीले आफूले उक्त पदसम्म पुग्नका लागि गर्नुपरेको संघर्षको अनुभव सुनाइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी सदस्य जानुका बरालले महासंघले पत्रकार महिलाका लागि आगामी दिनमा गर्न लागेका कार्यक्रमका बारेमा जानकारी दिइन् ।

तालिमका श्रोत व्यक्ति नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेलले पत्रकार महिलाले आफूले कुनै एउटा बिट समातेर काम गरे पनि सबै विषयमा उत्तिकै जानकार हुनु आवश्यक रहेको बताए । तालिमले पत्रकार महिलालाई रिपोर्टिंगमा मात्र नभई डेस्कमा बस्न समेत सक्षम बनाउने उनले बताए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथलाले तालिम संचालन गर्नुको उद्देश्य प्रकाश पार्दै डब्लुडब्लुजेले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

यस्तै संस्थाले पत्रकार महिलाको रोस्टर तयार गर्ने, वरिष्ठ पत्रकार महिलाका प्रोफाइल तयार गर्ने र अग्रज पत्रकार महिलालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरेको उनले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: