फुटवलमा कैलालीको विजय सुरुआत


प्रकाशित मिति :2018-07-15 13:32:10

–महिला खबर–

कैलाली । असार २७ गतेदेखी रौतहटमा जारी उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलालीको पहिलो विजयी सुरुवात भएको छ ।

अखिल नेपाल फुटवल संघको आयोजनामा भइरहेको आईतबारको पहिलो खेलमा कैलाली र झापाबिच भएको खेलमा २–१ ले कैलालीले विजयी सुरुवात गरेको हो ।

प्रतियोगितामा कैलालीका तर्फबाट दोस्रो हाफमा शुस्मीता दवाडी र मनकुमारी चौधरीले एक एक गोलको योगदान दिदै कैलालीको विजय यात्रा तय गरेको टिमका सहायक प्रशिक्षक महेश गोलेले जानकारी दिए ।

कैलालीबाट उक्त प्रतियोगिताका लागि विभिन्न स्थानबाट एक सय भन्दा बढी महिला खेलाडी सहभागी मध्ये दुई जना बैकल्पिक खेलाडीसहित १८ जानको टिम तयार गरेको थियो ।

आज आईतबार मोरङ र धनकुटाबिच हुने खेलमा जसले जित हासिल गर्ने छ सोही बिजेता टिमसँग कैलालीले साउन १ गते अब अर्को खेल प्रतिस्पर्धा गर्ने टिमका म्यानेजर डबल थापाले जानकारी दिए ।

प्रतियोगिता साउन ३ गतेसम्म संचालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: