महिलामाथि मानसिक हिंसा धेरै


प्रकाशित मिति :2018-07-15 17:36:54

–महिला खबर–

ललितपुर । नेपालमा महिलामाथि हुने हिंसाको उजुरीमध्ये सबैभन्दा बढी मानसिक हिंसाका हुने गरेको पाइएको छ । राष्ट्रिय महिला आयोगले सञ्चालन गरेको निःशुल्क हेल्पलाईन सेवा ‘११४५’ मा सबैभन्दा बढी उजुरी मानसिक हिंसाका उजुरी आउने गरेको हो ।

हेल्पलाइन सेवा सम्वन्धि सम्बोधन परियोजनाकी कार्यक्रम संयोजक पलिता थापाले ६ महिनाको अवधिमा महिला माथि परिवारबाटै हुने ३८ प्रतिशत मानसिक हिंसाको उजुरी आएको बताईन् ।

उजुरी पर्नेमध्ये दोस्रोमा आर्थिक, तेस्रोमा शारीरिक हिंसा रहेको छ । उनका अनुसार ३३ प्रतिशत आर्थिक हिंसा, २५ प्रतिशत शारीरिक हिंसा र ५ प्रतिशत यौंन हिंसाका उजुरी आएको छ ।

यस्तै हेल्पलाईन सेवामा सबैभन्दा बढी २० देखि ४५ वर्ष उमेर समूहका महिलाका उजुरी आउने गरेको छ । यस उमेर समूहका ८२ प्रतिशतले उजुरी दिएका छन् ।

१० देखि १९ वर्षभित्रका ७ प्रतिशत र दश वर्ष देखि तलका एक प्रतिशतले उजुरी दिएका छन् । हेल्पलाइनमा आएका उजुरीमध्ये कानूनी प्रक्रियाका लागि १ सय ५९ ल्याक र ८ प्रतिशत अन्य संस्थामा पठाइएको छ ।

यस्तै उजुरीमध्ये मानसिक परामर्शका लागि १ सय ५ वटा उजुरी टिपिओमा रिफर गरिएको छ भने ३७ वटा आश्रय स्थलका लागि साथी र १ वटा अन्यमा रिफर गरिएको छ । बालबालिकाका उजुरीमा ४५ वटा उजुरी सिविन र १ वटा अन्य र औषधी उपचारका लागि एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसिएमसी)मा रिफर गरिएको संयोजक थापाले बताइन् ।

कार्यक्रममा आयोगका सचिव अनिल कुमार ठाकुरले लैंगिक हिंसा अन्त्य गर्न पुरुषको समेत त्यतिकै साथ र सहयोग आवश्यक पर्ने बताए । उनले आर्थिक सशक्तिकरणबाट पनि महिला हिंसा कम गर्न सकिनेमा जोड दिएका दिए ।

हेल्पलाईन सेवाले हिंसा पीडितको गोपनियतामा ध्यान दिदैँ न्याय दिन सक्रिय रहेको सचिव ठाकुरको भनाइ छ । महिलामाथि हुने हिंसा अन्त्य गर्न भन्दै महिला आयोगले गएको मंसिर २४ गते देखि निःशुल्क हेल्पलाईन सेवा शुरु हो ।

हाल काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट सञ्चालन भएपनि देशभरिबाट गुनासोहरु आउन थालेको परियोजनाले जनाएको छ ।
यस सेवाबाट हिंसा भएको अवस्थामा टेलिफोन मार्फत तत्कालै निःशुल्क रुपमा फोन सम्पर्क गर्न सकिने छ ।

जुनसुकै फोनबाट पनि यो फोनमा कल गर्दा पैसा लाग्दैन । यो सेवा २४ सै घण्टा, हप्ताको सातै दिन उपलब्ध हुन्छ । यसमा एसएमएसबाट पनि खबर गर्न सकिनेछ जनाइएको छ । यसको वेबसाइट धधध।लधअजभउिष्लिभ।नयख।लउ वा फेसबुक पेजमा पनि सम्पर्क गर्न सकिने आयोगले जनाएको छ । ।

कुनै महिला हिंसामा परेको उजुरी भएमा कानूनी सहयोग, मनोसामाजिक परामर्श, सुरक्षित बास, प्रहरी सहयोग, बालबालिकालाई विशेष सेवा स्वास्थ्य उपचार तथा सेवा दिइएको व्यवस्थापक थापाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: