वेपत्ता कविताको शव फेला


प्रकाशित मिति :2018-07-16 10:46:27

–महिला खबर–

कञ्चपुर । छ दिनदेखि वेपत्ता कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएदेखि परिवारको सम्पर्कम थिइनन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए ।

खबरपछि खोजी कार्यमा खटिएको प्रहरीले विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको लास भेटाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको आशंका व्यक्त गरेका छन् । उनले घटनामा संलग्नताको आरोपमा आइतबार साँझ नै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: