सात गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


प्रकाशित मिति :2018-07-16 11:46:23

रत्न भण्डारी (रबिन)

हुम्ला । जेठ र असारमा मात्रै हुम्लाका दुर्गम क्षेत्रका सात जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

गएको जेठ ९ गतेदेखि असार असार १९ गतेसम्म जिल्लाको दक्षिणी क्षेत्रका सात जना गर्भवतीलाई व्यथा लागेर निकै जटिल अवस्थामा पुगेपछी हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

फायल फोटो

तीन देखि चार दिनसम्म सुत्केरी व्यथा लाग्दा पनि शिशु नजन्मिएपछि बर्थिङ सेन्टरको अभावमा गर्भवतीलाई हेलिकोप्टरबाट जिल्ला अस्पताल हुँदै जिल्ला बाहिर लगिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख रञ्जित कुमार यादवले बताए ।

यादवका अनुसार उद्धार गरिएकामध्ये तीन जनाको जिल्ला अस्पतालमा सफल रुपमा सुत्केरी गराईएको छ । भने अन्य ४ जनालाई जुम्ला, सुर्खेत र नेपालगन्ज लगी सफल रुपमा सुत्केरी गराइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार गर्भवती महिलाहरुको उद्धारको लागी आर्थिक सहयोग सम्बन्धित गाउँपालिका र जिल्ला अस्पतालले गरेका हुन् ।

जेठ ९ गते खार्पुनाथ गाउँपालिका वडा न ५ कि लालपुरी कामीको पहिलो पटक हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

यसैगरी असार २ गते चङखेली गाउँपालीका वडा न २ मेखालकी कल्पना बुढा, असार ३ गते चङखेली गाउँपालीका कै बसन्ती शाही र असार १२ गते चङखेली गाउँपालीका वडा न ७ कि नन्ददेवी ऐडी, असार १९ गते चङखेली गाउँपालीका वडा न १ कि सम्झना शाही भण्डारीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

त्यसैगरी मिती उल्लेख नभएकी ताजाकोट गाउँपालीकाकी जुनकला रोकाया र चङखेली गाउँपालीका वडा न २ कि नन्दपुरी कार्मीको उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

उद्धार गरिएका सातै जना महिलाको उमेर ३० कटेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: