महिला हिंसा अन्त्य गर्न के गर्दै छन् जनप्रतिनिधि


प्रकाशित मिति :2018-07-16 13:01:22

महिला पीडित हुने क्रम कम छ

विदुर कार्की, प्रमुख महोत्तरी बर्दिवास नगरपालिका

नगरपालिकामा महिलामाथि हुने हिंसा पहिलेको तुलनामा कमि आएको छ । हिंसा विरुद्ध जागरण फैलिएको छ । महिलाहरुमा के गर्न हुन्छ ? के गर्न हुँदैन भनेर सचेतना बढेको छ । महिलाहरु हिजो जस्तो पीडित हुने क्रम कम भएको छ ।

प्रदेश सरकारको नीति निर्माणमा पनि दाइजो, बालविवाह, बहुविवाह, मादक पदार्थ सेवन गरेर हुने हिंसाजन्य घटना कम गर्न नीति तथा कार्यक्रममा नै समेटेका छौँ । यसका लागि छुट्टै बजेट विनियोजन गरेका छौँ ।

महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएका छौँ । दिँदै छाैँ । एकल महिला, हिंसा पीडित महिलाका क्षेत्रमा काम गरेका छाँै ।

महिलाको स्वास्थ्यमा सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य सेवा उपलव्ध गराएका छौँ । विभिन्न शिविर सञ्चालन, स्वास्थ्य विमा कार्यक्रम पुहुँच नपुगेका नागरिक समक्ष पु¥याएका छौँ । बालविवाह, बालश्रम विरुद्ध काम गरिराखेका छौँ ।

‘महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन गरेका छौ’

कविता विष्ट, उपप्रमुख, बडिमालिका नगरपालिका, बाजुरा

जनप्रतिनिधि चयन भएको एक वर्ष भइसक्यो । यसबीचमा हामीले धेरै राम्रा काम गरेका छौँ । जस्तो महिलासँग उपप्रमुख कार्यक्रम । जुन अहिले पनि जारी छ । यसमा हामीले रेडियो मार्फत प्रत्यक्ष कार्यक्रम गर्यौ ।

जहाँ फोन मार्फत महिलाले आफ्नो समस्या राख्ने र समस्या समाधान गर्छौ । नगरपालिकाको वडा नं. ३ लाई छाउगोठ मुक्त वडा घोषणा ग¥यौ । अन्य वडालाई समेत दोस्रो चरणमा छाउगोठ मुक्त गर्ने तयारीमा छौ ।

हामीले पीडित महिलालाई लक्षित गरेर नै काम गरेका छौँ । हामीले विपन्न असहाय महिलालाई सहयोग, उद्दार गरिराखेका छौँ । असहाय, गरिब वर्गका लागि उपचार सहायता कोष समेत स्थापना गरेका छौँ । हिंसामा परेका, असहायका लागि राहत उपलव्ध गराएका छौँ । महिला दिदी बहिनीका लागि सिपमुलक तालिमको व्यवस्था गरेका छौ ।

म न्यायिक समितिको संयोजक । न्यायिक समितिमा अहिले सासू बुहारीबीचको झगडा, श्रीमान श्रीमती बीचको झगडा, सम्बन्ध विच्छेदका घटना, कामदार, सार्वजनिक जग्गाका विषयमा समेत मुद्दाहरु आउने गरेको छ । अहिले हामीले १२\१३ मुद्दा किनारा लगाइसकेका छौँ ।

न्यायिक समितिमा काम गर्दा त्यतिकै चूनौति पनि आउने गरेको छ । जस्तो कतिपय ठाउँमा न्यायिक समितिका संयोजक नै हिंसामा परेको अवस्था छ । हामीहरुमा घरपरिवार सम्हाल्नुपर्ने, न्यायिक समिति सम्हाल्नुपर्ने अवस्था छ । एक वर्षको अवधिमा हामीले समृद्ध गाउँपालिका बनाउन धेरै संघर्ष गर्यौ ।

अघिल्लो वर्ष हामीले धामी झाक्रिलाई नै सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्यौ । महिलाहरुका लागि सिपमुलक तालिममा एकल महिला र हिंसा पीडितलाई सहभागी गराएका छौँ ।

हाम्रो समाजमा छोरा जन्मिए बाजा बजाएर घर भित्र्याउने र छोरी जन्मिए महिलालाई खाना समेत नदिने अवस्था छ । यसलाई परिवर्तन गर्नका लागि ‘छोरी चेली वंशको आधार सृष्टिको सिर्जना कुलको उपहार’ भन्ने अभियान सञ्चालन गर्यौ । त्यो अनुसार हामीले संस्कारलाई अन्त्य गर्न नारा बाकेर ल्याएका छौँ ।

हामीले महिलालाई कसरी उद्यमशिल बनाउने भन्ने विषयमा लागि राखेका छौँ । त्यसरी नै कार्ययोजना समेत बनाएका छौँ ।

‘महिला संशक्तिकरणका लागि काम गरेका छाैँ’

शान्ति चौधरी, उपाध्यक्ष, गडुवा गाउँपालिका, दाङ

अहिले पनि गाउँपालिकामा महिला बालबालिकाको अवस्था दयनीय नै छ । यसलाई अन्त्य गर्नका लागि हामीले विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ ।

आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिका शिक्षाबाट वञ्चित छन् । सबै महिलालाई शिक्षा दिन सकिएको छैन । अशिक्षाकै कमिका कारण उनीहरु हिंसा भोग्न बाध्य छन् । हामीले गाउँपालिकाको वडा नं ६ लाई महिला हिंसा मुक्त वडा घोषणा गरेका छौँ ।

महिलाहरुमा अशिक्षा, गरिबी, दाइजोकै कारण पनि हिंसा छ । अब दाइजो प्रथालाई कसरी हटाउने भन्ने विषयमा हामी लागि परेका छौँ ।

समाजमा महिलाको कमाइमा कुनै मूल्यांकन नै नभएको अवस्था छ । महिलाहरुका यस्ता समस्या समाधानका लागि हामीले कार्यक्रम नै तयार गरेका छौँ । महिला संशक्तिकरणका लागि तालिम सञ्चालन गर्ने गरेका छौँ ।

नीति निर्माण गर्दा महिला स्वास्थ्यलाई समेत प्राथमिकतामा पारेका छौ । महिला हिंसा न्यूनीकरण गर्न नीति नै बनाएका छौ । अर्को यस्ता हिंसा न्यूनीकरण गर्नका लागि महिला र पुरुषलाई सँगै राखेर तालिम दिने गरेका छौँ ।

हाम्रो नगरपालिकामा महिलाहरु बढी घरेलु हिंसाकै समस्या लिएर आउने गर्दछन् । यस्ता समस्या समाधान गर्न हामी सबै वडाका महिला पुरुषहरुबीच तालिम, क्षमता वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएका छौँ ।

बालबालिकाको क्षेत्रमा हामीले प्रत्येक वडामा बालबालिका न्यूनीकरण गर्नका लागि बाल गुरुयोजना बनाइरहेका छौँ । प्रत्येक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेका छौँ । जुन वडाबाट महिला हिंसाका उजुरी आउँदैनन् त्यस्ता वडालाई हामीले हिंसामुक्त वडा घोषणा गर्न लागि परेका छौँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: