सामूहिक बलात्कारको आरोपमा चार पक्राउ


आजैबाट आवश्यक अनुसन्धान थाल्छौँ : एसपी भट्ट

प्रकाशित मिति :2018-07-16 14:16:12

–महिला खबर–

ललितपुर । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा लाहान नगरपालिका ७ का २४ वर्षीय अमिल गुप्ता, सोही स्थानका २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक शाह र सिराहा मिर्चैयाका २६ वर्षीय नितेश कुमार शाह रहेका छन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सोमबार बिहान १ बजे लहानबाट गाईघाटतर्फ आउँदै गरेको बा.१४ च.६८१७ नंम्बरको स्कार्पियो गाडीलाई त्रियुगा नगारपालिका ६ स्थित लातपत्तामा चेक जाँच गर्ने क्रममा चार जना युवासहित ३५ वर्षीया महिला नग्न अवस्थामा फेला परेकी थिइन् ।

सोधपुछका क्रममा महिलाले आइतबार राती सिराहा लाहानबाट जबरजस्ती उठाएर गाडिमा राखी गाडीभित्रै सामूहिक बलात्कार गरेको बताएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले महिला खबरसँग कुरा गर्दै विश्वकप हेर्नेक्रममा महिलालाई युवाहरुले जबरजस्ती उठाएर ल्याएर बलात्कार गरेको बताए । उनले भने, ‘चारै जनाले मादक पदार्थ सेवन गरेको देखिन्छ ।’

उनले आज नै जिल्ला अदालतबाट म्याद थप थरी अनुसन्धान थाल्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: