पहिचानको प्रथा : अनुहारमा खत


प्रकाशित मिति :2018-07-16 14:59:33

ललितपुर । नाइजेरियाको योरुब्बा समुदायका धेरै बालबालिका जस्तै योलातुनबोसुन दामिलोलालाई उनी सानी छँदा उनका आमाबुवाले उनको अनुहारमा ‘चिन्ह’ बनाइदिएका थिए ।

आदिवासी विरासत र परिवारको कुनै समुदायसँग आवद्धता जाहेर गर्न अनुहारमा चिन्हहरू बनाइने प्रथा नाइजेरियाका केही भेगहरूमा प्रचलित छ ।

तर यो प्रथाको अनुसरण गर्नेको संख्या घट्दै गइरहेको परिवेशमा योलातुनबोसुनले यी लाम्चा आकारका खतहरूको कारण दैनिकजसो विभेद र उपहास भोग्ने गरेकी छिन् ।

‘मानिसहरूले मलाई होच्याउने खालका हाँस उठ्दो नामहरूले बोलाउँछन् । उनीहरू मलाई ‘एक धर्के’, ‘छडीवाला तरकारी’ आदि भनेर बोलाउँछन् । यो सबै त्यही खतको कारण हो । म यसलाई केही गर्न सक्दिन’ योलातुनबोसुनल भनिन् ।

के जिन्दगीभर यो पीडाको बोझ लिनुपर्छ त ?

‘म एउटा विद्यार्थी हुँ । मेरो अनुहारमा यो खत बाल्यकालदेखि नै थियो । पहिला मलाई यो दाग भएकोमा नराम्रो लाग्थ्यो । तर जब मैले थाहा पाएँ यो खत हटाउन, मेटाउन सकिन्न, मैले यसलाई आफ्नो अभिन्न पाटोको रुपमा स्वीकार गरें’ उनले भनिन् ।

‘यो प्रथा हाम्रो संस्कृतिभित्र पर्दथ्यो । मेरा आमाबाबुले यो प्रथा मान्थे र मन पराउँथे । त्यसैले उहाँहरूले यो चिन्ह मेरो मुखमा बनाइदिए’ उनले भनिन्, –यसबारे कुरा गर्दा आमाले मलाई भनिन् कि म जन्मेको बेलामा मान्छेले यो प्रथालाई धेरै सम्मान गर्थे ।’

यो अभ्यासमाथि कानूनी रोक लगाउन नाइजेरियाका धेरै राज्यहरूमा वाद–विवाद चलिरहेको छ ।

‘अरूले यो दागका कारण मलाई नराम्रो भन्दा मलाई नराम्रो लाग्छ । कहिलेकाहीं त रुन मन लाग्छ । अरूले मेरो बारेमा भनेको सुन्दा मलाई हिनताबोध हुन्छ । हामी त मान्छे नै हाइनौं जस्तो लाग्छ’ उनले भनिन् ।

‘म बाबुआमाहरूलाई सुझाव दिन चाहन्छु । आफ्ना छोराछोरीको अनुहारमा यस्तो चिन्ह राखिदिनु हुँदैन । अन्य व्यक्तिहरू जो आदिवासी समुदायका यस्ता चिन्हहरू भएका सदस्यमाथि विभेद गर्छन्, उनीहरूले यस्तो क्रियाकलाप रोक्नुपर्छ’ उनले भनिन् ।

साभार – बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: