बलात्कार पछि फरार अभियुक्त यूएईबाट पक्राउ


प्रकाशित मिति :2018-07-16 15:27:51

-महिला खबर-

ललितपुर । जबरजस्ती करणी आरोपमा फरार रहेको एक आरोपीलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (यूएई) मा पक्रउ गरि नेपाल ल्याएको छ ।

इन्टरपोल प्रहरीको सहयोगमा सिन्धुलीको मरिण गाउँपालिका ४ बस्ने सिंहलाल थिङलाई पक्राउ गरी आइतबार नेपाल ल्याइएको हो ।

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले सोमबार निकालेको विज्ञप्ती अनुसार थिङले २०७४ असोज २२ गते २५ वर्षीया युवतीलाई विदेशबाट सामान ल्याएको भन्दै होटलमा बोलाएर डर त्रास देखाएर जबर्जस्ती करणी गरेको भनी इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी परेको थियो।

प्रहरीले थिङ विदेशमा भएको हुनसक्ने भएको भन्दै गत पुस २६ गते डिफ्यूजन नोटिस जारी गरेको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: