महिलाको स्वरुप बिगार्ने विज्ञापन


प्रकाशित मिति :2018-07-16 17:17:37

नेपाली मिडिया र विज्ञापन हेर्दा लाग्छ, महिलाहरू त नंग्याउनकै लागि जन्मिएका हुन् । नांगिनु नै यिनीहरूको पहिचान हो ।

पत्रपत्रिकामा छापिने र टेलिभिजनमा देखाइने विज्ञापनमा महिलालाई मकैको खोस्टा निकाले झैँ गरेर अर्ध मात्रै होइन, पौने नंगा बनाईएका छन् । जुत्तादेखि, मोटरसाइकल र रक्सीदेखि कपडाका विज्ञापन हेर्दा लाग्छ विज्ञापन वस्तुको होइन, सुन्दर जिउडाल र गोरो छाला भएका वैंशालु युवतीको हो ।

नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ । मिडियाका सन्दर्भ र सामग्री हेर्दा लाग्छ, यिनीहरूको मुख्य विषय नै महिलालाई नंग्याउनु र प्रदर्शन गर्नु हो ।

कतै यौन शिक्षाको नाममा त कतै मनोरञ्जनको नाममा । विषय फरक होलान् तर तस्वीर र दृश्य हुन्छ महिला र तिनका अंगहरूको ।

यसरी महिलालाई नंग्याउने होडमा लागेका अधिकांश मासिक र साप्ताहिक पत्रपत्रिकाहरू त सस्तो मनोरञ्जन र अश्लीलताका माध्यम नै बनिरहेका छन् ।

रमिता खतिवडा

महिलाका यस्ता श्रव्य दृश्य राखेर ग्राहक तान्ने र मुनाफा कमाउने उद्देश्यले महिलाहरूलाई पुरुषलाई मनोरञ्जन र कामसुख दिने वस्तुको रुपमा चित्रित गरेको छ । तर विडम्वना नै भन्नुपर्छ अतिरिक्त आफ्नो लेखनलाई मसालेदार बनाउन महिलाको शरीर बाहेक अर्को विषय नभए झैं महिला छविको दुरुपयोग गर्नेहरूमाथि सम्बन्धित निकायले निगरानी समेत राखेको पाईदैन ।

यसरी सञ्चार माध्यममा महिलाको छविको गलत प्रस्तुति, उनीहरूबारे हल्काफुल्का टिप्पणीले अप्रत्यक्ष रुपमा स्वस्थ सामाजिक संरचनाको विकासमा ठूलो हानी पुगिरहेको छ । किनभने यसले महिलाको आत्मबल, आत्मविश्वास र व्यक्तित्व विकासमा नकरात्मक असर परेको हुन्छ । महिलालाई सधैं भोग्या वस्तुको रुपमा चित्रित गर्दा यसले सामाजिक अपराधलाई सजिलै निम्त्याइरहेको हुन्छ ।

महिलाहरूको नांगो शरीर पाठकहरूले हेर्न रुचाउछन् भन्ने गलत ठम्याई तथा आरोप केही सम्पादक, प्रकाशकमा छ । यसैको गतिलो उदाहरण हो नेपालकै ठूलो मिडिया हाउसले प्रकाशन गर्ने साप्ताहिक पत्रिका । जसमा युवायुवतीका कामुक ब्लोअफ छापिन्छन् । यसो गर्दा पत्रिका बढी बिक्री हुने गरेको भनिन्छ । तर पुरुष मोडलको फोटो ब्लोअफमा छापिदा भने अधिकांश पत्रिका फिर्ता आउने भन्दै युवतीहरूकै ब्लोअफ छाप्न लगाइन्छ रे ।

विदेशी उत्पादनको बारेमा विदेशमै निर्माण गरिएको विज्ञापन हुन्छ । भाषा मात्र नेपाली हुन्छ । विज्ञापनका मोडल युवती विदेशी नै हुन्छन् । कतिपय विज्ञापन त नेपाली संकृतिलाई धमिलाउने खालका छन् । नेपाली समाजको गरिमा र महिलाको शरीरको दुरुपयोग गरिएका यस्ता विज्ञापन पत्रपत्रिका र टीभीमा प्रशस्त हेर्न र देख्न सकिन्छ । यद्यपि विज्ञापन एजेन्सीहरू ग्ल्यामरको जमानामा यो कुनै नौलो कुरा नभएको प्रतिक्रिया दिन्छन् ।

प्रचारित वस्तुसँग सरोकार राख्नु भन्दा पनि महिलालाई वस्तुको प्रतिक बनाएर आपत्तिजनक ढंगले विज्ञापनमा प्रस्तुत गरिएका अनगिन्ती विज्ञापन नेपाली मिडियामा छन् ।

दुनियामा बढ्दो फेसनसँगै यसले महिला र उनीहरूको स्वरुपलाई कुरुप बनाएको छ । आजको यस विज्ञापन प्रधान उपभोक्तावादी संस्कृतिमा महिलाको शरीरको यस्तो शोषण, स्त्रीको देह स्वयम् स्त्रीबाट पनि फेसनका रुपमा अनावश्यक उपभोगको वस्तु बनाएको छ । यो गलत हो । विज्ञापन वस्तुको हुनुपर्छ, शरीरको होइन । यसको रोकथामका लागि नेपाल सरकार तथा अनुगमन र नियमनकारी निकाय लाग्नुपर्छ ।

(डाइलाइसिस नर्स रमिता खतिवडा, राष्ट्रिय मृगौला उपचार केन्द्रमा कार्यरत हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: