औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा


प्रकाशित मिति :2018-07-17 11:20:38

–महिला खबर–

ललितपुर । १८ वर्षको उमेरमै सन्तान जन्माएकी किशोरी रोजिना तामाङले जुम्ल्याहा छोरी बचाइदिन आग्रह गरेकी छन् ।

काठमाडौंको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा हिजो सोमबार दिउँसो १२ः१० र १२ः१७ बजे दुई जुम्ल्याहा छोरी जन्माएकी रोजिनाले छोरी बचाइदिन आग्रह गरेकी हुन् ।

रोजिनालाई सुत्केरी हुने मिती भदौ १५ गते दिइएको थियो । तर सोमबार नै उनले जुम्ल्याहा छोरी जन्माइन् ।

रोजिना तामाङ

जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन । त्यस कारण शिशुलाई आईसीयूमा भर्ना गर्नुपरेको हो । रोजिनाका अनुसार अस्पतालले किन्न भनेको औषधि समेत किन्न नसकेका कारण शिशुको अवस्था गम्भीर हुँदै गएको छ ।

सामान्य तरिकाले जन्मिएका दुवै जुम्ल्याहा शिशुलाई जन्मेलगत्तै डाक्टरले आईसीयूमा राखेर उपचार गर्नुपर्ने भन्दै आईसीयूमा राखिएपछि अत्यन्त न्यून आर्थिक अवस्थाकी रोजिनाले छोरी बचाउन सहयोगको याचना गरेकी हुन् ।

रोजिनाले महिला खबरलाई बताए अनुसार उनका श्रीमान राजु राई र उनको परिवार अस्पतालमा भेट्न त आए तर पैसा जुटाउन सक्दैनौं भनेर फर्केर गए । काठमाडौं कै नारायणटार बसोबास गर्दै आएका राजु गलैचा कारखानामा काम गर्छन् । राजु र उनको घरको आर्थिक अवस्था समेत अत्यन्त न्यून रहेको उनले बताइन् ।

रोजिनाले सुत्केरी व्यथा लागेपछि साथीको सहयोगमा सोमबार बिहान अस्पताल भर्ना भएको बताइन् । एक वर्ष अघि राजुसँग प्रेम विवाह गरेकी सिन्धुलीको रातमाटाकी रोजिनाले पैसा नहुँदा सोमबार नै आईसीयूमा राखिएका छोरीहरुलाई निकालेर घर जाने तयारी गर्न थालेपछि उनलाई सहयोग गर्न अनुरोधसहितको तस्वीर सामाजिक सञ्जालमा प्रकाशित भएको थियो ।

रोजिनाका अनुसार अस्पतालले २० दिनदेखि १ महिनासम्म दुवै जुम्ल्याहा शिशुलाई आईसीयूमै राख्नुपर्ने बताएको छ । त्यसका लागि शुरुमै २० हजार डिपोजिट गर्नुपर्ने र २० हजार औषधिका लागि दिनुपर्ने बताए पनि उनले अहिलेसम्म एक हजार पनि बुझाउन नसेको बताइन् ।

अस्पतालले आईसीयूमा राखेबापत एक दिनको ८ हजार रुपैयाँ शुल्क लाग्ने र रकम बुझाउन नसके डिस्चार्ज गरिदिने बताएको रोजिनाकी साथी नबिना घलानले महिला खबरलाई जानकारी दिइन् । उनले रोजिनाकी छोरीहरुको उपचारमा सहयोग गरिदनका लागि सबैसँग आग्रह समेत गरिन् ।

रोजिनालाई सहयोग गर्न चाहानेले उनको सम्पर्क नम्बर ढडण्घढछटण्डद्द मा फोन गर्न सक्नुहुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: