फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट


प्रकाशित मिति :2018-07-17 13:26:21

–महिला खबर–

ललितपुर । संघीय संसद्का सदस्यलाई फौजदारी अभियोग लागेमा पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

सोमबार अधिवक्ता रामचन्द्र गौतम र लोकेन्द्र ओलीले रिट निवेदन दायर गरेका हुन् । संघीय व्यवस्थापिकालाई समेत विपक्ष बनाई दिइएको निवेदनमा प्रतिनिधिसभा नियमावली–२०७५ मा राखिएको फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने व्यवस्था असंवैधानिक छ भन्दै खारेज वा बदर गर्न माग गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र धारा १३३ को उपधारा १ सँग नियमावलीको दफा २४४ उपदफा ३ र ४ मा रहेको व्यवस्थासँग बाझिएकाले उक्त व्यवस्था बदर गर्न माग गर्दछौं ।’

अधिवक्ता गौतमले प्रतिनिधिसभा सदस्यको कसूरदार प्रमाणित हुँदा पनि पदमुक्त नहुने प्रावधान असंवैधानिक र संविधानको भावना विपरीत रहेको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: