आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन


प्रकाशित मिति :2018-07-17 13:36:35

–महिला खबर–

ललितपुर । आप्रवासीका श्रीमतीहरुमा देखिएको एचआइभीमा उल्लेखनीय परिवर्तन आउन नसकेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

सन् २०१० मा सो दर शून्य दशमलव ८ रहेकामा आठ वर्षको अन्तरालमा शून्य दशमल ५ मा मात्र झरेको छ । सन् २००८ मा सो दर ३ दशमलव ३ रही उच्चबिन्दुमा रहेको थियो ।

अछाम, डोटी, कैलाली र कञ्चनपुर गरी चार जिल्लाका ४०० महिलामा गरिएको सर्वेक्षणले परिर्वतन आउन नसकेको देखाएको छ ।

यो सर्वेक्षणले सरकारका एचआइभी नियन्त्रणका कार्यक्रम खासै प्रभावकारी नभएको देखाएको केन्द्रका उपमहानिर्देशक डा. पुरुषोत्तमराज सेँढाईले बताए ।

भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीहरुमा भने एचआइभीको वृद्धिदरमा सुधार हुँदै आएको छ ।

सार्वजनिक सर्वेक्षणका अनुसार उनीहरुमा शून्य दशमलव ३ प्रतिशत सो दर रहेको भेटिएको छ ।

यसैगरी भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा सो दर शून्य दशमलव ५ र महिला यौनकर्मीमा शून्य दशमलव ७ रहेको छ ।

यता महिला यौन व्यवसायीहरुमा देखिएको एचआइभी वृद्धिदरमा भने सुधार आएको जनाएको छ ।

तराईका झापा, मोरङ, सुनसरी, सप्तरीसहित धादिङ, मकवानपुरलगायतका २२ जिल्लामा गरिएको सर्वेक्षणले सन् २०१५ मा शून्य दशमलव ८ रहेको सो दर सन् २०१८ मा शून्य दशमलव ७ मा झरेको थियो ।

सर्वेक्षणले पुरुष समलिङ्गी\तेस्रोलिङ्गीमा एचआइभीको वृद्धिदर ८ दशमलव २ मा झरेको देखाएको छ । झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लाका ३४० जनामा सो सर्वेक्षण गरिएको थियो ।

एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: