समाचार प्रभाव: बेसहारा गंगामायालाई शान्तीको सहयोग


प्रकाशित मिति :2018-07-18 14:02:45

–सर्मिला बुढाथोकी–

दोलखा । सहाराविहिन दोलखा नाम्दकी ६७ वर्षीया बेसहारा गंगामाया रिमाललाई काठमाडौँ धापाखेलकी शान्ति गिरीले २५ हजार सहयोग गरेकी छन् । शान्तीले एक वर्ष (२०७५ साल)को लागि कोठाभाडा २४ हजार तथा चामलको लागि एक हजार गरी २५ हजार सहयोग गरेको गंगामायाले बताइन् ।

२०७४ साल साउन महिनामा महिला खबरले “छोराको पर्खाइमै बित्छ गंगामायाको दशै” शिर्षकमा छापेको समाचारबाट प्रभावित भएर गिरीले गत वर्षदेखि नै गंगामाया बसेको कोठाको भाडा र खानको लागि आर्थिक सहयोग गर्दै आएको बताइन् ।

समाचार प्रकाशित भएपछि गत वर्ष पनि गिरीले गंगामायालाई एक वर्षको घर भाडा २४ हजार, ग्यास चुलो एक थान, चामल एक बोरा, कोठाको लागि कार्पेट, लता कपडा लगायत गरी ४० हजार बराबरको सहयोग गरेकी थिइन् ।

गंगामाया बाँचुन्जेल घर भाडा रकम तिरिदिने प्रतिवद्धता पनि शान्तीले गरेकी छन् ।

३२ वर्षदेखि दोलखा सदरमुकाम चरिकोटमा रहेको बाबुराम श्रेष्ठको घरमा आश्रय लिएबाफत गंगामायाले घरको भाडा तिर्नु पर्थेन । तर बारीको काम, कुटानी पिसानी र किनमेल लगायतका सबै जसो काम गरिदिनु पथ्र्यौ ।

‘उमेर ढल्किदै गएपछि काम गर्न सक्दिन, काम नगरे के खाउँला, कहाँ बसौला भन्ने चिन्ताले सताएको थियो । अन्जानै भए पनि शान्तीले मेरो चिन्ता भगाइदिनुभो । उहाँको गुण यो जुनीमा तिर्न त के सकौला र ?’ गंगामायाले भनिन् ।

गंगामायाका छोरा कृष्णप्रसाद १३ वर्षअघि माओवादी द्वन्द्वको समयमा वेपत्ता भएका थिए । गंगामायाले भनिन्, ‘भएको एउटा छोरा पनि वेपत्ता थियो । अहिले शान्ती मिसले छोराले झैं हेरचाह गरिरहनुभएको छ ।’ शान्तिको सहयोगले अब बाँचुन्जेल सुख र खुशीसंग बस्न सक्ने गंगामायाले आशा व्यक्त गरिन् ।

शान्तिले अनाथहरुको आश्रय बनेको स्नेह केन्द्रलाई समेत नगद पाँच हजार र केही लताकपडाहरु हस्तान्तरण गरेकी छन् ।

नगद र लताकपडा स्नेह केन्द्रका अध्यक्ष सिर्जना कार्कीलाई उपलब्ध गराएको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: