सरकारलाई टेर्दैनन् धार्मिक बाल गृह


संरक्षित बालबालिबारे सरकार बेखबर

प्रकाशित मिति :2018-07-18 14:05:00

–महिला खबर–

ललितपुर । नेपालमा सञ्चालित धार्मिक बालगृहहरुमा रहेका बालबालिकाको तथ्याङ्क र अवस्थाबारे बालबालिकाको अवस्था हेर्ने नेपालको एकमात्र सरकारी निकाय बेखर छ । केन्द्रीय बालकल्याण समितिसँग धार्मिक बालगृहहरुमा रहेका बालबालिका सम्बन्धमा कुनै जानकारी नै छैन ।

धार्मिक बालगृहहरुले तथ्याङ्क अद्यावधी गर्न नमानेको भन्दै समितिले अभिलेख नराखेको हो । समितिका निवर्तमान कार्यकारी निर्देशक तारक धितालका अनुसार पटकपटक ताकेता गर्दा पनि धार्मिक बालगृहहरुले जानकारी नदिएका हुन् ।

‘हामीले पटकपटक धार्मिक बालगृहहरुमा बुझ्ने कोशिस गर्यौं’ धितालले महिला खबरसँग भने, ‘तर हामीलाई उनीहरुको गृहमा पस्नै दिइएन । हाम्रो कोशिस व्यर्थै रह्यो ।’

नेपालमा धार्मिक बालगृहको रुपमा गुम्बा, मदरसा आदि सञ्चालनमा छन् । तर ती कति छन् ? कहाँकहाँ छन् र त्यहाँ कति बालबालिका छन् ? उनीहरुको अवस्था कस्तो छ ? भन्ने जानकारी बालकल्याण समितिसँग छैन ।

उक्त तथ्याङ्क अद्यावधी नभएकोले धार्मिक बालगृहमा रहेका बालबालिकाको संख्या र अवस्थाको अनुगमन गर्न केन्द्रीय बालकल्याण समितिलाइ महालेखा परीक्षकको कार्यालयले २०७४ सालको प्रतिवेदनमा सुझाव दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘दर्ता नभएका तथा अद्यावधिक हुन नसकेका धार्मिक आवासीय संस्थाको रुपमा रहेका बालगृह एवं त्यस्ता बालगृहको संरक्षणमा रहेका बालबालिकाको स्थिति सम्बन्धमा समितिमा अभिलेख रहेको छैन ।’

बालबालिका सम्बन्धी नियमावली, २०५१ को नियम ३ (च) मा नेपालभित्र सञ्चालित बालकल्याण गृह, बालसुधार गृह वा केन्द्रको क्षमता र सुविधा आदिको तथ्याङ्क सङ्कलन गरी गराई अभिलेख राख्ने केन्द्रीय बालकल्याण समितिको काम कर्तव्य हुने उल्लेख छ ।

केन्द्रीय बालकल्याण समितिबाट प्रकाशित बालबालिकाको स्थितिसम्बन्धी प्रतिवेदन, २०७४ अनुसार २०७३ असार मसान्तसम्म ४४ जिल्लामा ५ सय ७७ बालगृह सञ्चालनमा रहेका छन् ।

ती मध्ये ५ सय ६७ आवासीय बालगृहमा १६ हजार ५ सय ३६ बालबालिका संरक्षणमा रहेका समितिले जनाएको छ । गएको आर्थिक वर्षमा २९ जिल्लामा सञ्चालित १ सय ६४ धार्मिक आवासीय बालगृह अद्यावधी गरिएको छ ।

ती धार्मिक आवासीय बालगृहमा ८ हजार ५ सय २१ बालबालिका रहेको जनाइए पनि उनीहरुको अवस्थाबारे समिति बेखबर छ । धितालले थपे, ‘हामीले निकै कोशिस गर्दा पनि गुम्बाहरुसम्म पुग्न सकेनौं ।’

यस विषयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा भने मन्त्रालयलाई जानकारी नै नभएको बताउँछिन् । ‘धार्मिक बालगृहको अवस्थाबारे जानकारी लिने काम बालकल्याण समितिको हो’ उनले भनिन्, ‘तर ती बालगृहमा प्रवेश नपाइएकोबारे समितिले मन्त्रालयमा जानकारी गराएको छैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: