महिला हिंसाको मुख्य कारण मादक पदार्थ


‘यौनजन्य तथा लैंगिक हिंसा र महिलाको अवस्था’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति :2018-07-18 21:29:40

–महिला खबर–

ललितपुर । महिला हिंसाको कारणमध्ये प्रमुख कारणको रुपमा मादक पदार्थ सेवन रहेको पाइएको छ । संकल्प नेपालले तयार पारेको ‘यौनजन्य तथा लैंगिक हिंसा र महिलाको अवस्था’विषयक अध्ययन प्रतिवेदनमा यो कुरा उल्लेख छ ।

संकल्पले सन् २०१६ को अन्त्यदेखि सन् २०१७ सम्म ‘यौनजन्य तथा लैंगिक हिंसा’ र सन् २०१८ मा ‘महिलाको अवस्था’ सम्बन्धमा अध्ययन गरेको जानकारी दिएको छ ।

इलाम, धनकुटा, सिराहा, मकवानपुर, कास्की, गोरखा, नवलपरासी, दैलेख, सुर्खेत, बाँके, डोटी, डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लामा गरिएको अध्ययनका क्रममा ७८ दशमलव ७ प्रतिशत महिला हिंसाको कारण मादकपदार्थ (अल्कोहल) रहेको उल्लेख छ ।

यस्तै हिंसाको कारणमा ५३ दशमलव ३ प्रतिशत अशिक्षा, ४४ दशमलव ५ प्रतिशत आर्थिक, ३९ दशमलव १ प्रतिशत विभेद, २७ दशमलव ८ प्रतिशत लागूऔषध, २१ दशमलव ६ प्रतिशत दाइजो, १९ दशमलव ६ प्रतिशत बहुविवाह र १७ दशमलव ६ प्रतिशत अनमेल विवाह भएको पाइएको छ ।

अध्ययन प्रतिवेदन सम्बन्धीको पुस्तकार एक समारोहकाबीच बुधबार काठमाडौंको कमलपोखरीस्थ्ति रसियन कल्चरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवम् प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुर, नर्वेजियन राजदुतावासका कमला विष्ट र संकल्पका अध्यक्ष लिली थापाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मानवअधिकार आयोगका सदस्य अन्सारीले संस्कारकै कारण महिलाको अवस्था र पहुँचमा सुधार आउननसकेको बताइन् ।

उनले आगामी सन् २०३० सम्म आइपुग्दा समेत कानून राम्रो भएपनि न्याय प्राप्तिमा चुनौती छ भन्दै बस्नुपर्ने अवस्था आउन सक्ने बताइन् ।

महिला आयोगका सचिव ठाकुरले महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न कानून कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यानदिनुपर्ने बताए । उनले महिला हिंसा कम गर्न आर्थिक संशक्तिकरणले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नर्वेजियन राजदुतावासका कमला विष्टले प्रतिवेदनबाट प्राप्त तथ्यांकले कुन क्षेत्रमा सहयोग गर्ने भन्नेमा चुनौती थपिएको बताइन् । उनले प्राप्त प्रतिवेदनबाट आगामी वर्षमा काम गर्न सहज हुनेमा विश्वास लिइन् ।

कार्यक्रममा संकल्पकी अध्यक्ष थापाले पछिल्लो समय हिंसाको प्रकारमा समेत परिवर्तन आउन थालेको बताइन् ।

संकल्पले महिलाको अर्थपूर्ण सहभागिता र अधिकारको लागि वकालत तथा पैरवी गर्नुका साथै महिलामाथि हुने विभिन्न किसिमका हिंसा विरुद्ध आवाज उठाउँदै आएको थापाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: