महिला उद्यमशिलता बढाउन कम्तिमा १० लाख चाहिन्छ – उद्यमी महिला


प्रकाशित मिति :2018-07-19 11:32:49

-महिला खबर-

ललितपुर । महिला उद्यमीहरुले महिला उद्यमशिलता कोषको रकम बढाउन माग गरेका छन् ।

देशभरका उद्यमी महिलाका छाता संस्था महिला उद्यमी महासंघले हाल रहेको १८ करोड रुपैयाँको महिला उद्यमशिलता कोषबाट उद्यमी महिलालाई दिईने एकदेखि पाँच लाख रुपैयाँ रकम अपुग भएको बताएका हुन् ।

उनीहरुले एक उद्यमी महिलाले कम्तिामा १० लाख रुपैयाँसम्म ऋण रकम पाउने गरी महिला उद्यमशिलता कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे ।

बुधबार पत्रकार सम्मेलन गरी कोषकी अध्यक्ष सारदा रिजालले भनिन्, ‘एकदेखि पाँच लाख रुपैयाँ उद्यम गरिरहेका महिलाका लागि निकै कम हो । त्यसैले यो रकम बढाएर कम्तिमा १० लाख रुपैयाँ पुर्याउनुपर्छ ।’

महासंघ प्रदेश नम्बर १ र ३ मा उद्यम गरिरहेका महिलाहरुमा अध्ययन गरेर प्राप्त प्रतिवेदनका अनुसार पनि महिलाको उद्यमशिलता बृद्धिको लागि हालको रकम अपुग रहेको सहभागिबाट प्रतिकृया आएको छ ।

सरकारले २०७२ सालदेखि महिला उद्यमशिलता विकास कोष कार्यान्वयनमा ल्याएको हो । हाल ३ वर्षका लागि उपलब्ध गराइने कोषको रकम भुक्तानी गर्दा ६ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने व्यवस्था छ ।

१० जिल्लाबाट सुरु गरिएको उद्यमशिलता कोष हाल ४६ जिल्लाका उद्यमी महिलाको पहुँचमा छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: