छोरी जन्मिएपछि घर निकाला गर्ने श्रीमान भन्छन्, ‘घर आउने भए १० लाख ल्याउ’


प्रकाशित मिति :2018-07-19 12:42:13

–नरेन्द्र बस्नेत–

सुनसरी । सुनसरीको दुहवीकी एक महिलाले छोरी जन्माएको निहुँमा एक वर्षदेखि घर प्रवेश पाएकी छैनन् । दुई वर्षकी छोरीको साथमा डेरामा बसिरहेकी उनले न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेकी छन् ।

२० वर्षकी छँदा २०७२ जेठ महिनामा रामधुनी ३ प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी राधा साहले गत वर्ष छोरीसहित घर निकाला भएको बताइन् ।

गोपालसँग को विवाहको फोटो देखाउदै राधा ।

तिमी बिना बाँच्नै सक्दिन भनेपछि गोपालसँग विहे गरेकी राधाले २०७३ साल भदौमा छोरी जन्माइन् । छोरी जन्मिएलगत्तै श्रीमान गोपाल, ससुरा ललित साह र सासु छिनादेवी साहले छोरा नजन्माउने तँलाई यो घरमा राख्दैनौं भनेर घर निकाला गरेको राधाले बताएकी छन् ।

आफूमाथि भएको अन्यायका बारेमा प्रहरी र नगरपालिकामा उजुरी दिए पनि आफूले सोचेजस्तो कारवाही नभएको गुनासो उनको छ ।
‘अहिले माइती पक्षबाट १० लाख रुपैयाँ लिएर आएपछि घरमा राख्छौं भन्छन् ।’ राधाले भनिन्, ‘त्यत्रो पैंसा कहाँबाट ल्याउनु मैले ?’ उनले आफ्नो र छोरीको न्यायका लागि पहल गरिदिन पत्रकार सम्मेलनमार्फत आग्रह गरिन् ।

‘मलाई घरबाट निकालेपछि श्रीमानले मोरङ्को उर्लाबारीकी सावित्रा मगरलाई घरमा ल्याए’ उनले गहभरी आँशु पार्दै भनिन, ‘मलाई घरबाट निकाले । उसलाई विहे गरे । अहिले फोन गर्दा उल्टै डर धम्की दिन्छन् । गाली बेइजती गर्छन् ।’

घर निकाला भएदेखि दुहवीमा डेरा गरेर बसिरहेकी राधाले नगरपालिकामा बहुविवाहको उजुरी दिए पनि न्यायिक समितिबाट न्याय नपाएको गुनासो गरिन् । ‘नगरपालिकामा पटक पटक धाएँ । तर मेरो कुराको सुनुवाई भएन’ राधाले भनिन्, ‘हामी विचार गर्छौ र बोलाउँछौ भनेका छन्, नगरपालिकाले पनि त्यतिकै फर्कायो ।’

आफू अहिले श्रीमानकै घरमा बस्न पाउनुपर्ने उनको माग छ ।

पीडित राधाका दाजु पिन्टु साहले पनि बहिनीलाई घर निकाला गरेकोमा आपत्ती जनाए । विभिन्न निकायमा न्याय माग्न जाँदा पनि न्याय नपाएकोले जसरी भए पनि बहिनीले न्याय पाउनुपर्ने उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: