महिला आन्दोलनकी अगुवा डा. आचार्य सम्मानित


प्रकाशित मिति :2018-07-19 18:19:02

–महिला खबर–

ललितपुर । नेपालको महिला आन्दोलनकी अगुवा डा. मीना आचार्य सम्मानित भएकी छिन् ।

नेपालको महिला आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आचार्यलाई सम्मानित गरेको हो ।

बिहीबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय महिला मञ्चका अवसरमा सञ्जालले आचार्यलाई सम्मान गरेको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका सांसद डा. बिमला राई पौड्यालले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मानपछि बोल्दै डा. आचार्यले महिला अधिकारकर्मीहरुले महिलाको मात्रै नभएर समाजमा पछाडि पारिएका, विभेदमा परेका सबै वर्ग तथा समुदायको आवाज उठाउनुपर्ने बताईन् ।

त्यसैगरी डा. आचार्यले महिलाको स्तर उकास्न घरघरभित्र रहेको कुरीतिका विरुद्ध संयुक्त संघर्ष गर्नुपर्ने पनि बताएकी थिईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: