दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत


प्रकाशित मिति :2018-07-22 12:39:49

–महिला खबर–

काठमाडौं । राष्ट्रिय महिला आयोगले सातै प्रदेशका मानव अधिकारकर्मी महिलालाई पुरस्कृत गरेको छ ।

शुक्रबार आयोगमा आयोजित एक कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सात प्रदेशका सात जना अधिकारकर्मीका साथै दुई पत्रकारलाई समेत पुरस्कृत गरिन् ।

नयाँ पत्रिकाकी फोटो पत्रकार तथा संचरिका समूहकी सदस्य चन्द्रकला क्षेत्री र कान्तिपुर दैनिकका रुकुम संवाददाता हरि गौतमलाई पत्रकार तर्फ पुरस्कृत गरिएको हो ।

पुरस्कृत सबैलाई दोसल्ला, प्रमाणपत्रका साथै नगद रु १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कृत बाराकी बबिता जैसवालले यो पुरस्कार आफ्नो मात्रै नभई सिंगो मधेशी समुदाय र प्रदेश नं २ कै रहेको प्रतिक्रिया दिइन् ।

पुरस्काले आफूभन्दा तल्लो पिँढीका बहिनीहरुलाई पनि महिला अधिकारको क्षेत्रमा वकालत गर्न हौसला मिल्ने बताइन् ।

पुरस्कृत हुने प्रदेश नं ६ को सुर्खेतकी तीर्थाकुमारी बिसी(शर्मिला) त्यहाँको कोपिला भ्याली सेवा समाजमा आवद्ध भएर महिला तथा बालबालिकालाई मनोविमर्श गर्दै आएकी छिन् ।

शर्मिलाले बाल्यकालदेखि नै महिला र बालबालिकाको क्षेत्रमा संवेदनशिल भएकाले आफू यस क्षेत्रमा लागेको बताइन् ।

यस्तै प्रदेश नम्बर १ को ताप्लेजुङकी माया गुरुङ, प्रदेश नं ३ बाट मकवानपुरकी उमाकुमारी सुवेदी, प्रदेश नम्बर ४ बाट बागलुङकी रीता शर्मा, प्रदेश नम्बर ५ बाट रुकुमकी शारदा डांगी र प्रदेश नम्बर ७ बाट बाजुराकी देवुकुमारी खाती महिलाको मानवअधिकार स्थापित गर्ने अभियानमा लामो समयदेखि क्रियाशील रहेको भन्दै पुरस्कृत भएका हुन् ।

पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र आर्थिक हिसाबमा उनीहरु अझै दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्नु परेको बताइन् । संविधानको मर्मअनुसार कानुन कार्यान्वयनमा राज्य लाग्नुपर्ने उनले सुझाव दिइन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला अधिकारकर्मीलाई स्थानीय स्तरमा अझै सक्रिय रहेर काम गर्न सुझाउँदै त्यसमा आयोगको पूर्ण साथ र सहयोग हुने बताए ।

सो अवसरमा महिला आयोगले तयार पारेको ‘महिला अधिकार’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । पुस्तकमा मानव अधिकारको क्षेत्रमा क्रियाशील महिलाहरुले लेखेका लेखहरु समावेश छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: