एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’


प्रकाशित मिति :2018-07-22 13:21:46

–महिला खबर–

ललितपुर । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रका एलबीटीहरुले आफूहरुका समस्या धेरै भए पनि सञ्चार माध्यमले स्थान नदिएको बताएक छन् । देश, समाज परिवर्तन गराउन सक्ने मिडियाले आफ्ना समस्या नसुनेको उनीहरुको आरोप छ ।

नील हिरा समाजको नर्वेजियन परियोजनाले एलबीटीको मुद्दामा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

समाजका अनुसार एलबीटी समुदायभित्र समलिंगी महिला, तेस्रोलिंगी पुरुष र द्वयलिंगी महिला पर्दछन् ।

महिलालाई हेर्ने दृष्टिकोण नै समाजमा फरक भएको बेला तेस्रोलिंगी महिलाले झनै छिः छिः र दूर दूर खेप्नु परेको तेस्रोलिंगी महिलाहरुले बताए ।

‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने ।

तेस्रोलिंगीहरु समाजमा खुलेर आउन नसके पनि किन दबिएर बसेका छन् भन्दै मिडियाले आवाज उठाउन नसकेको उनीहरुले बताए ।

विद्यालय जाँदा विद्यालयबाटै लखेटिनुपर्ने, प्रहरीमा भर्ना हुन जाँदा बाहिरिनुपर्ने, समाजबाटै अपहेलित हुनुपर्ने भन्दै सरकारले नै आफहरूलाई विभेद गरेको तेस्रोलिंगी पुरुष राज हुसेनले बताए ।

भ्यागुतो र जनावरको बिहेलाई मान्यता दिने नेपाली समाजमा समलिंगी विहेलाइ मान्यता नदिएको भन्दै राज्यले आफहरूलाई जनावर जत्तिको पनि नठानेको राजको आरोप छ ।

कतिपय तेस्रोलिंगीले स्थानीय तहको चुनावमा समेत तेस्रोलिंगी भएकै कारण टिकट नपाएको बताउदै आफूहरूलाई सरकारले सौतेनी व्यवहार गरिरहेको उनको गुनासो छ ।

कुनै रोजगारीका लागि विज्ञापन आह्वान गरे पनि महिला, पुरुषका लागि मात्रै कोटा तोकिने भएकाले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि रोजगारीको अवसर नै नभएको हुसेनले बताए । ‘तेस्रोलिंगी नखुल्नु एउटा समस्या हो । उनीहरु खुल्दा दर्जनौं समस्या भोग्नु परेको छ’ उनले भने ।

अधिकारकर्मी दुर्गा थापाले एलबीटी समुदायले धर्म सन्तान राख्न पाउने अधिकार पाउनबाट समेत बञ्चित हुनुपरेको बताइन् ।

उनले विवाह गर्न केटा र केटी नै हुनु पर्छ भन्ने कानुनी र सामाजिक मान्यता हट्नु पर्ने बताइन् ।

एलबीटी समुदायले सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा पनि उत्तिकै समस्या र चुनौती भोगिरहेको दुर्गाको भनाइ छ ।

भन्छिन, ‘विरामी भएर अस्पतालमा जाँदा डाक्टरको पहिलो प्रश्न हुन्छ विहे भएको छ कि छैन ? कति जना छोराछोरी छन् । यही प्रश्नले पनि अस्पतालमै विभेद हुने गरेको छ ।’ तेस्रोलिंगी हो भन्ने थाहा पाएपछि स्वास्थ संस्थामै विभेद हुने गरेको उनले अनुभव सुनाइन् ।

तेस्रोलिंगी पुरुष मिलन शाहले नेपाल पत्रकार महासंघमा यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित नगरिएको बताए ।

पत्रकार महासंघको अघिल्लो कार्य समितिले तयार गरेको मस्यौदा विधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने आवाज उठाए पनि लागु नभएको बताए ।

नील हिरा समाजका कानुनी अधिकृत अधिवक्ता सुजन पन्तले संविधानमा लेखिएका कुराको पनि कार्यान्वन हुन नसकेको बताए ।

समलिंगी विहेको मान्यताका लागि सर्वोच्च अदालतमा रिट दर्ता भइसकेकाले अन्य अधिकार कार्यान्वयन नभएको खण्डमा सर्वोच्च अदालत गएर रिट दर्ता गर्न सकिने बताएका छन् ।

एलबीटी समुदायले विवाहको अधिकार पाउनु पर्ने माग समेत उनीहरुले गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: