कानून मन्त्रीले माफी मागे (भिडियोसहित)


प्रकाशित मिति :2018-07-22 15:47:51

–महिला खबर–

ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् ।

विदेश पढ्न तथा श्रम गर्न गएका कोही पनि नेपाली महिला यौनजन्य हिंसामा पर्नुहुँदैन भन्ने आशयले सकारात्मक मनसायले उक्त कुरा राखेको बताएका थिए । उनले महिला खबरसँग भने, ‘मेरो भनाइले बंगलादेशमा डाक्टर पढिरहेका नेपाली युवतीको भावनामा पुग्न गएको चोटप्रति माफी माग्दछु । मेरो आसय गलत थिएन । तर सन्देश उल्टो गयो ।’

मन्त्री तामाङले साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न राखेको कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली युवतीहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए ।

आइतबार नै मन्त्री तामाङले विज्ञप्ती पनि निकालेर माफी मागेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: