यस्तो छ राष्ट्रिय महिला मञ्चको घोषणा पत्र


प्रकाशित मिति :2018-07-23 14:07:26

–महिला खबर–

ललितपुर । ‘रूपान्तरणका लागि रूपान्तरित नेतृत्व’ मूल नाराका साथ ललितपुरमा आयोजित राष्ट्रिय महिला मञ्च शनिबार १३ बुँदे घोषणा जारी गर्दै सकिएको छ ।

महिला मञ्चमा देशै भरबाट स्थानीय तहका प्रमुख तथा उपप्रमुख महिला र महिला आन्दोलनमा सक्रिय महिला गरी २ सय महिलाको उपस्थिती रहेको थियो । हेर्नुहोस् महिला मञ्चले जारी गरेको घोषणा पत्रको पूर्ण पाठ,

सबै नेपाली नागरिकहरूको स्वतन्त्रता सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न एक सय वर्ष अगाडी देखि योगमाया न्यौपाने लगायत अग्रणी महिलाहरूले शुरू गरेको संघर्षलाई स्मरण गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि भएका २००७ र २०४६ सालको जनआन्दोलन, १० वर्षे सशस्त्रद्वन्द्व, ०६२\६३ को जनआन्दोलन, मधेश आन्दोलन, थरूहट आन्दोलन लगायतका विभिन्न सामाजिकरराजनीतिक आन्दोलनहरूमा नेपाली महिलाले गरेका संघर्ष र बलिदानको उच्च कदर गर्दै, त्यस्ता आन्दोलहरूको प्रतिफलको रूपमा प्राप्त नेपालको संविधान २०७२ प्रति गौरवान्वित हुँदै,

देशमा सदियौं देखि जरा गाडेको सामन्तीरपुँजीवादी पितृसत्तात्मक राज्यव्यवस्थाबाट स्थापित विभेदकारी सामाजिक मूल्य मान्यताहरू, असमान उत्पादनका प्रणालीहरू र असमान भूमि व्यवस्थाहरूमा परिवर्तन नगरेसम्म संविधानद्वारा सुनिश्चित गरिएको समानता, विभेद र हिंसामुक्त जीवन बाँच्न पाउने अधिकार जस्ता मौलिक अधिकारहरूको उपभोग गर्ने वातावरण निर्माण हुन नसक्ने यथार्थता तर्फ गम्भीर हुन सबैलाई आग्रह गर्दै,

यो अवस्था सिर्जना नभएमा, नेतृत्वद्वारा अघि सारिएको समृद्धि सहितको समाजवाद एवं समाजवाद उन्मुख अर्थव्यवस्था स्थापित हुने आधार एवंम, सन् २०३० सम्ममा पुरा गर्ने भनिएको दिगो विकासका लक्ष्यहरू नारामा मात्रै सीमित हुने जोखिम तर्फ सचेत हुँदै,

महिला आन्दोलनले उठाएका यस्ता सबै मुद्दाहरू वर्गीय आन्दोलनका मुद्दा हुन् भन्ने यर्थाथता स्वीकार गर्दै, त्यस्ता उत्पादनका सम्बन्धहरूमा परिवर्तन ल्याउन महिलाको श्रम, विशेषतः घरेलु, कृषि लगायतका अन्य सेवामूलक मानिएका श्रमहरूलाई औपचारिक श्रमको दायरामा ल्याई मर्यादित श्रमका रूपमा स्थापित गरि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधार तयार गर्दै महिलाको नेतृत्व, निर्णायक, जिम्मेवार र देश विकासमा पूर्ण सहभागी हुन सक्ने वातावरण निर्माण अत्यावश्यक रहेको ठहर गर्दै,

स्थानीय तहको निर्वाचन मार्फत महिलाको नेतृत्व स्थापीत भएतापनि यस निर्वाचनमा महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा गरिएको व्यवहारबाट उत्पन्न जटिलता एवं कार्य सम्पादनका क्रममा आएका अप्ठ्याराहरू प्रति संवेदनशील बन्न नेतृत्वको ध्यानाकर्षण गराउँदै,

नयाँ संरचना मार्फत सिंहदरबारको अधिकार घरघरमा पुग्न सक्ने अवस्था भएको भनिएता पनि ति अधिकारहरू हाल स्थापित, प्रचलित सामाजिक, संस्थागत संरचनाहरूमा रूपान्तरण बिना सम्भव नहुने यर्थाथता तर्फ सबैको ध्यानआकर्षण गराउँदै, संस्थागत रूपान्तरणका लागि व्यत्ति व्यक्ति भित्र आत्मसाथ गराइएको विभेदपूर्ण मूल्य मान्यताका कारण सिर्जित सोच, व्यवहारमा परिवर्तनको अपरिहार्यता आत्मबोध गर्दै,

स्थानीय तहका नेतृत्वमा रहेका व्यक्तिहरूको हैसियतले यस्ता सोच र व्यवहारमा परिवर्तनको अगुवाई गर्नुपर्ने जिम्मेवारी बोध गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई समुदाय देखि नै दिगो र जनमुखी बनाउन रूपान्तरतका लागि रूपान्तरित नेतृत्वका सिद्धान्तहरू आत्मसाथ गरि, रूपान्तरणका प्रक्रियाहरू आफैबाट सुरू गर्ने प्रतिबद्धता गर्दै, काठमाडौंमा २०७५ श्रावण ३ गते देखि ५ गते सम्म काठमाडौमा आयोजित “रूपान्तरणका लागि रूपान्तरित नेतृत्व” भन्ने मूलनाराका साथ सम्पन्न राष्ट्रिय महिला मञ्चमा उपस्थित हामी देशभरका स्थानीय तहका जनप्रतिनीधिहरू, महिला मानवअधिकार रक्षकहरू यो १३ बूँदे घोषणापत्र जारी गर्दछौ ।

१. संरचनागत रूपमा रहेका सामाजिक, लैगिंक र वर्गीय विभेद अन्त्यका लागि समग्र रूपान्तरण थालनी गर्ने प्रतिबद्धताका साथ आफु रूपान्तरित हुँदै महिला लगायत सीमान्तकृत तथा पछाडि पारिएका समुदायहरूको सवालमा सबैसँगको सहकार्यमा संरचनागत रूपमा स्थापित विभेदको चक्र प्रबर्धन गर्ने संरचनाहरू, मूल्यमान्यता एवं व्यवहारमा परिवर्तन ल्याउने कार्यक्रमहरू प्राथमिकतामा राख्दै सोहि अनुरूपका योजना, नीति तथा कार्यक्रम बनाएर काम गर्न नेतृत्व र सहकार्य गर्नेछौ ।

२. नेपालको संविधान २०७२ को धारा ३८ (१)मा महिलाको हकलाई बंशीय हक भनि सम्बोधन गरेता पनि नागरिकतामा भएको विभेदका कारणले महिलाको आत्मसम्मान पूर्वक बाँच्न पाउने वातावरण निर्माण हुन नसक्ने र महिलाको पराधिनताको अन्त्य नहुने तथ्य प्रति ध्यानाकर्षण गराउँदै अबिलम्ब संबिधान संशोधन गरी नागरिकतामा महिलाको समान हक स्थापित गर्न माग गर्दछौं ।

३. महिलालाई हेर्ने दृष्टिकोण र साेंचमा आमुल परिवर्तन नभए सम्म संविधान सभा मार्फत प्राप्त नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको प्रत्येक नागरिकको समान अधिकार नेपाली महिलाले अनुभूत गर्न पाउने वातावरण बन्न सक्दैन । जसकाकारण देशमा भएको बृहत राजनीतिक रूपान्तरणका बाबजुद पनि नेपाली महिलाको जीवन हिंसामूक्त र अधिकार सम्पन्न हुन सक्दैनन् । तसर्थ विभिन्न हानीकार सामाजिक, आर्थिक तथा धार्मिक परम्पराहरू बाट प्रतिपादित कुप्रथाका कारण महिला माथि भैरहेको हिंसालाई गम्भीर अपराधको रूपमा स्वीकार तथा ब्याख्या गरी त्यस्ता सबै खाले हानिकारक परम्परागत अपराधलाई अन्त्य गर्ने छाता कानुनको निर्माण साथै स्थानीय तह देखि राष्ट्रिय तहसम्म रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्न समुदाय तह देखि नेतृत्व लिने प्रतिबद्धता गर्दै आवश्यक सहयोग गर्न सबै सम्बन्धित सरोकारवालाहरूमा आग्रह गर्दछौ ।

४. महिलाको स्वास्थ्य रहन पाउने अधिकार (संविधानका धारा ३५) जीवन चक्रको आधारमा सेवा प्रदान गर्न सक्दा मात्रै सुनिश्चित हुन सक्ने वातावरण बन्न सक्छ भन्नेमा सचेत हुँदै महिलाको प्रजनन तथा यौन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि आवश्यक नीति निर्माण गरि कार्यान्वयको व्यवस्था मिलाउन नेतृत्व र सहकार्य गर्नेछौ ।

५. महिलाको स्वास्थ्य एवं यौनिकतालाई प्रभाव पार्ने सबै प्रकारका विभेदपूर्ण व्यवहारहरूको अन्त्य गर्न समुदायतह देखि नै महिलाको शरिर माथिका महिलाकै निर्णय हुन्छ भन्ने मान्यता स्थापित गर्ने तवरले शिक्षा, सुचना प्रवाह गर्न नेतृत्व एवं सहकार्य गर्नेछौं ।

६. महिलाको आर्थिक सशक्तिकरण एवं समृद्धिका लागि कृषि, पर्यटन तथा उद्योगमा महिलाको समान सहभागीता, न्यूनतम पारिश्रमिक सहितको रोजगारी सुुनिश्चित गर्ने तवरका योजना, कार्यक्रम तथा नीति बनाई उपयुक्त बजेट सहितको कार्यान्वयनगर्न नेतृत्व र सहकार्य गर्नेछौ ।

७. संविधानको धारा ४३ ले व्यवस्था गरेको सामाजिक सुरक्षाको हक महिलाहरूले घर भित्र देखि बाहिर सम्म गरिरहेका सेवामूलक कामहरूलाई औपचारिक कामको रूपमा गणना गर्ने वातावरण नबन्दा सम्म प्रयोग गर्न नसक्ने तर्फ सबैको ध्यानाकर्षण गराउँदै, सोका लागि आवश्यक पर्ने मापदण्ड तयार गर्न समुदायतह देखि नेतृत्व लिने प्रतिबद्धता गर्दै आवश्यक सहयोग गर्न सबै सम्बन्धित सरोकारवालाहरूमा आग्रह गर्दछौ ।

८.भूमीहिन किसान, अपागंता भएका व्यक्ति, सुकुम्बासी तथा विपन्न र सीमान्तकृत समुदायका महिलाको भूमि तथा सुरक्षित बास माथिको अधिकारको सुनिश्चितताका लागि नेतृत्व एवं सहकार्य गर्नेछौं ।

९. महिला भित्र पनि अपाङ्गता भएका, दलित, जनजाति, मुस्लिम, मधेशी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, एच.आई.भी. संक्रमित, बेचबिखनबाट प्रभावित, द्वन्द्व प्रभावित, हिंसा प्रभावित, एकल एवं विधवा महिलाहरूका फरक फरक आवश्यकता हुन्छन् भन्ने तथ्य अङ्गिकार गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि समुदायतह देखि नै पहल गर्दै राज्यका सबै तह र संरचनाहरूमायी सवालहरू सुनिश्चित गर्न नेतृत्व एवं सहकार्य गर्ने छौं ।

१०. न्यायीक समितिको क्षमता अभिबृद्धि निरन्तर गर्नुपर्ने भएकोले सोका लागि हरेक स्थानियतहमा बजेटको व्यवस्था÷तालिम आयोजनाका साथै भौतिक संरचना निर्माणका लागि विशेष बजेट र योजनाको आवश्यकता रहेको तर्फ आकर्षण गराउँदै, त्यसको व्यवस्थापनका लागि नेतृत्व र सहकार्य गर्ने छौ ।

११. हिंसा प्रभावित महिलाहरूको न्यायमा पहुँचअभिबृद्धि गर्न पुनस्र्थापना सेवाको व्यवस्थाकालागि हरेक स्थानीयतहमा एक सुरक्षित अल्पकालीन गृह, मनोविमर्शकर्ता एवं कानुनी सहयोग आवश्यक भएको हुँदा सोको व्यवस्था गर्न प्रतिबद्ध रहदै संघीय र केन्द्रिय सरकारसँग विशेष व्यवस्थाका लागि माग गर्दछौ ।

१२. प्रदेश स्तरिय दिर्घकालिन सुरक्षित आवासको व्यवस्थागर्न संंघ\प्रदेश सरकारलाई अनुरोध गर्दै सोको व्यवस्थागर्न नेतृत्व र सहकार्य गर्नेछौं ।

३. सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि संरचनागत विभेद विरूद्ध आवाज उठाएकै कारण महिला मानवअधिकार रक्षकहरू असुरक्षित रहेको तर्फ ध्यानाकर्षण गराउँदै महिला मानवअधिकार रक्षकहरूको पहिचान, मान्यता र सुरक्षाको ग्यारेण्टी गर्न राष्ट्रिय रूपमा नीतिबनाई प्रदेश तथा स्थानीय तहसम्मउत्तरदायी संंयन्त्र निर्माणको जोडदार माग गर्दछौं ।

हामी जनप्रतिनीधि, महिला मानवअधिकार रक्षकहरू, सामाजिक न्याय तथा लोकतन्त्र प्रति विश्वास राख्ने आफ्नो तर्फबाट महिलाको मानव अधिकारको संरक्षण र प्रवद्र्वनका लागि प्रतिबद्धता जाहेर गर्दै, यो घोषणापत्र अनुरूपको व्यवस्था स्थानीय तहदेखि नैै स्थापितगर्न\गराउन निरन्तर अभियानरत तथा प्रतिबद्ध रहनेछौ ।

२०७५\०४\०५

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: