महिलाहरु भावनात्मक श्रमकाे जस पाउँदैनन्


प्रकाशित मिति :2018-07-23 15:50:08

ललितपुर । संयुक्त राष्ट्र संघले निकालेको एक रिपोर्टको आधारमा महिलाहरुले पुरुष भन्दा २ दशमलब ६ प्रतिशत बढी श्रम ज्याला बिना गर्छन जुन भावनात्मक श्रम बराबर हुन्छ ।

बच्चाहरुको हेरचाह गर्ने, स्कूलबाट घर लिएर आउने, बृद्ध आमा बुवाको हेरचाह, घर खर्चको प्रबन्ध र घरका दैनिक रुपमा गरिने कामहरु महिलाकै भागमा पर्दछ र महिलाले नै गर्नु पर्दछ।

संयुक्त राष्ट्र संघका महिला अनुसन्धान प्रमुख सहारा राज़वीको भनाइमा ‘यस प्रकारका ज्याला बिनाको अनपेक्षित शारीरिक र भावनात्मक श्रम देशको कुल ग्राहस्थ उत्पादनक कारक होइनन् किनभने यसले महिलाको श्रमलाई कहिले प्राथमिकता दिएन ।’

राजवी भन्छन् ‘यदि महिलाले ज्याला विनाको धेरै काम गर्न बन्द गरे भने सम्पूर्ण अर्थव्यवस्था नै पतन हुने अवस्था आउन सक्छ।’

अविकसित देशहरुमा महिलाको काम भनेको इन्धन र पानी जम्मा गर्ने भन्ने मात्र बुझिन्छ। विकसित राष्ट्रहरूमा रिपोर्टको आधारमा, महिलाहरुको घरेलु कामको सहयोगको निमित्त भाडा धुने मेसिन, लुगा धुने मेसिन छन् तर ग्रामिण क्षेत्रका महिलाहरुलाई यी सुविधाहरु छैन।

महिलाहरु विशेष गरि आफ्नो दैनिक गर्नुपर्ने कामहरुमा यति व्यस्त हुन्छन् जसले गर्दा आरामको लागि समय निकै कम र थकित अवस्थामा उर्जा पनि उतिक्कै कम हुने गर्दछ ।

जसको फलस्वरूप आफ्नो उन्नतिमा कम ध्यान जानाले पदोन्नतिको अवसर गुमाउनु पर्दछ ।

बेटर लाइफ ल्याब, न्यु अमेरिकाको डाइरेक्टर ब्रिगिद शुल्टका अनुसार ‘जब महिलालाई पारिश्रमिक बिनाको काम थोपर्नु हुन्छ, उनीहरुमा ति काम गर्ने जोश र जाँगर अलि कम हुन्छ ।’ त्यसैले उनिहरुसँगको सीप र प्रतिभा को फाइदा लिन पाइरहेको छैन ।

सुल्टका अनुसार, महिलाको कामको भार कम गर्न दुई थरिको समाधानको प्रस्ताव गरे । पारिवारिक बिदालाई बढावा दिई पुरुषलाई कार्यस्थल र महिलालाई घरमै बस्न जोड गरि पारिवारिक समस्याको सौहार्दपूर्ण वातावारणमा कसरी कार्य विभाजन गर्ने भन्नेबारे छलफल गरेर एउटा उचित निस्कर्षमा पुगिन्छ कि भन्ने सल्लाह दिए।

विकसित देशहरु जहाँ कार्य विभाजन व्यापक छ तिनीहरु पनि यसरी नै छलफल गर्दछन् । निष्पक्ष छलफल यसरि र यहिबाट शुरु गरे हुन्छ ।

साभार : एजेन्सी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: