योगमायालाई विभूती घोषणा गर


प्रकाशित मिति :2018-07-23 15:45:38

यसै शताब्दीको शुरुमा पुर्वी नेपालबाट एउटा असाधारण विद्रोह छेडिएको थियो । यस विद्रोहको नेतृत्व एक जना अत्यन्तै संघर्षशिल महिलाले गरेकी थिइन् ।

त्यस विद्रोहले तत्कालिन नेपालको राणा शासन र ब्राम्हणको हातमा रहेको शक्ति संरचनालाई सिधै चुनौती दियो । र, त्यस प्रकारको असाधारण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्ण रुपले विस्मृतिको अन्धकारमा छोडिएको छ । इतिहासमा स्मरणसम्म गरिएको छैन । यो भनाइ हो लेखक बारबारा निम्री अजिजको ।

सृजना अर्याल

उनले ‘शक्ति योगमाया सघंर्षशिल नेपालीको एक परम्परा’ भन्ने शिर्षकको आलेखमा योगमायालाई बिर्सिएकी सपुतका रुपमा पस्किएकी छिन् । वास्तवमा नै लेखक अजिजले भनेजस्तै योगमाया बिर्सिएकी छिन् । उनको योगदान र संर्घषलाई मेटाउन खोजिएको छ ।

वि.स. १९२५ सालमा भोजपुरको सिम्लेमा जन्मिएकी योगमायाको योगदान र सघंर्षको चर्चा नेपालीहरूका माझमा सायदै हुन गरेका छन् ।
आज पनि नेपाली समाजमा योगमायाबारे धेरै बेखवर छन् । उनी नेपालीबीच नै कम चिनिएकी सामाजिक आन्दोलनकी अग्रणी स्रष्टा हुन् । राणा शासनको दबदबामा गाउँको निम्न स्तरमा जन्मिएकी योगमायाले छेडेको सामाजिक आन्दोलन र साहस विश्वमा सायदै अन्य महिलाले गरेका छन् ।

सात वर्षको उमेरमा नै एकल भएपछि धेरै किसिमका सामाजिक तिरस्कार सहनु पर्यो उनले । घरको हेला माइतीको पनि हेला भने जस्तै उनले माइतीघरमा पनि सम्मानजनक व्यवहार पाउन सकिनन् ।

त्यसपछि अन्यायपूर्ण सामाजिक परम्परालाई चुनौती दिन पुनःविवाह गरिन् । यस अर्थमा भन्ने हो भने सामाजिक क्रान्ति आफैबाट शुरु गर्ने साहसी महिला नेता हुन् योगमाया ।

त्यो समयमा मुलकभर जेलिएको राणाशासनकोे दमन, कुरीति र कुसंस्कारको जालो तोड्ने अभियान चलाइन् । समाजमा जकडिएको कु–परम्पराका विरुद्ध विद्रोह छेडिन् ।

उनले नारी शिक्षालाई मान्यता, वर्ग विभेद, लैङ्गिक विभेद र जातीय विभेद अन्त्य जस्ता ६८ बँदे माग बोकेर काठमाडाैं पुगि तत्कालिन सरकार समक्ष पेश गरेकी थिइन् ।

आज पनि नेपाली समाजमा योगमायाबारे धेरै बेखवर छन् । उनी नेपालीबीच नै कम चिनिएकी सामाजिक आन्दोलनकी अग्रणी स्रष्टा हुन् । राणा शासनको दबदबामा गाउँको निम्न स्तरमा जन्मिएकी योगमायाले छेडेको सामाजिक आन्दोलन र साहस विश्वमा सायदै अन्य महिलाले गरेका छन् ।

आधुनिकताकताको आधार देश र जनताको हित अनकुलको सो माग सरकारले पुरा गर्नेपर्ने चेतावनी पनि दिएकी थिइन् । यदि सरकारले यस मागप्रति व्यवास्था गरे परिणाम नराम्रो आउने उनले पटक–पटक धम्की पनि दिने गर्थिन् ।

सरकारले उनको माग सुनुवाई गर्नको साटो देशद्रोही भन्दै ४ शहिदलाई वि.स १९९७ सालमा हत्या गरियो । यो घटनाले योगमायाको मन अति नै कुँडियो । जनताले आफ्नो अधिकार माग्दा ज्यानै लिनु अत्याचार हो भन्दै सामाजिक आन्दोलनका थप चरणहरू अगाडि बढाइन् ।
उनले सरकारले कुनै पनि हालतमा माग पुरा गर्नै पर्ने यदि यसो नगरेमा अभियानकर्मीसहितको जत्था मिलेर एकैपटक आत्मदाह गर्ने योजना सार्वजनिक गरिन् ।

जुन आत्मादाहको धम्की आन्दोलनको अभियानको एक पक्ष थियो । त्यो आत्मदाहको योजना विफल बनाउन राणा सरकार सफल भयो । उनले यति हुँदा पनि हरेस खाइनन् ।

जनताको अधिकार जनतालाई नदिएसम्म माग नरोकिने भन्दै सशक्त आन्दोलनका चरण अघि बढाइन् । आन्दालनकै अभियान अन्तरगत जलसमाधिको शंखघोष गरिन् । १९९८ साल असार २२ हरिशयनी एकादशीको दिन समाज सुधारको माग राख्दै उनले जलसमाधी लिइन् । ६८ जना महिला पुरुषले उनी पछि पालैपालो अरुण नदीमा हाम फालेर जलसमाधी लिए ।

समाज रुपान्तरणको माग राख्दै जलसमाधीको धम्की सरकार समक्ष राखेर उनीसँगै सबै अभियानकर्मीले एकैपटक जलसमाधी लिनु विश्व इतिहासमा नै विरलै हुने घटना हो ।

तत्कालिन सरकारले उनीहरूलाई मर्न बाध्य पारिएकोले उनीहरूको मरण हत्या समान नै थियो भन्ने विश्लेषकहरूको मत छ । तर योगमायाको योगदानको चर्चा नर्गनु, समाज परिर्वतनका लागि योगमायाले छेडेको आन्दोलन इतिहासका पानामा नसमेटिनु महिला भएकैले हो भन्नेचाहिँ प्रष्ट छ ।

लेखक अजिजकै कारण योगमायालाई चिन्न पाएको बताउने नेपालकी अर्की विरङ्गना पारिजातले पनि एउटा चिठीमा भनेकी छिन्, ‘देशको इतिहासमा यस्तै महत्वपूर्ण कुराहरू पोखराले सेती लुकाए जस्तै लुकाइदिएको छ । त कतै उडन्ते गन्थनहरूले जतासुकै प्रर्दशित गराएका छन् । साहित्यकार पारिजातले ‘भोली भोली भन्दैमा सबै घर बितिगो बक्सियोस् आज झोली’ लेख्दैमा भानुभक्तले प्रशासनिक हेल चक्र्याइँको विरुद्ध लेखे भनी आजसम्म ताली पिट्ने समालोचकहरूले जाली फटाह र जाली तमुुसुकको ठाडो विरोध गरेर लेखिएका कविताहरू बारे सुन्दै नसुन्नु कस्तो हगी !”

उनको पत्र बारबारा अजिजको नाउँमा थियो ।

योगमायाको समाज रुपान्तरणको अभियानमा उनको कविताको भूमिका पनि अतुलनीय छ ।

‘महाराज छन् दरबारमा हेर्न आउँदैनन्
दुःखीजनले नियाँनिसाफ सीधा पाउँदैनन्’

उनको कवितामा समाजका वास्तविक चित्रण थियो ।

दौलतीया हुनु भयो त्यही निर्धाबाट
आसामीले कर्जा तिर्यो तमसुक छ ठाडै
छोरो थियो बालक बाबु मरेछ
लोभी साहु माग्न गयो तिर्नु परेछ ।

यस्तो तत्कालिन समाजको बारेमा लेख्न सक्ने कवि योगमायाको कवित्वबारे पनि धेरै स्रष्टालाई अझै थाहा छैन । नेपाली समाज रुपान्तरणमा उनको योगदान कवित्व र नेतृत्व दुवै पक्ष बाट भएको छ । तर उनको नेतृत्व र कवित्व दुवै पाटा गुमनाम पारिएको छ ।

यस्तो भूमी फेरि हवैन काँही
विश्वासले गर्दामा बहत याँही

यस्तो देशभक्तिले भरिएका कविताको संग्रह नै छ उनको । उनको सय भन्दा बढि कविता सर्वाथ योगवाणी भन्ने कवितामा संग्रहित छन् । उनका कविताले पनि समाजमा रहेको छुवाछुत, ब्राम्हणवाद, घुसखोरीका विरुद्ध बोलेको छ ।

उनका कविताले समाजमा चेतना छर्न सघाउ पुगेको भन्दै तत्कालिन राणा सरकारले सो कविता संग्रह ठेलीलाई खोजी खोजी जलाएको थियो । यस्ता महान् स्रष्टाको सम्मान नहुनु अर्काे विडम्बना हो ।

अब उनको नेतृत्व र कृतिको चर्चा हुनैपर्छ । तत्कालिन समाजकी अभियन्ता योगमायालाई विभूती घोषणा गर्न सरकारले ढिला गरिसक्यो । समाज रुपान्तरणमा जीवन सुम्पिएकी एक महिलाको पहिचान गुमनाम गर्न लोकतान्त्रिक सरकारलाई सुहाउँदैन । त्यसैले उनलाई विभूती घोषणा गर्नै पर्छ र सामाजिक आन्दोलनकी अग्रणी योगमायाको योगदानको कदर हुनैपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: