म व्रत बसेँ


प्रकाशित मिति :2018-07-23 16:06:39

आज साउनको पहिलो सोमबार
पहिले जस्तै तिम्रै दीर्घायुको कामना गर्दै व्रत बसेँ म
मन्दिरमा गएँ, ढोगेँ
भेटी चढाएँ
फूल चढाएँ
तर अफसोच,
तिमी त धित मरुञ्जेल पिएर घर आयौ
तिम्रा लरबराएका गोडा, अनि मुखबाट निस्केको दुर्गन्ध देख्दा
छि आफैसँग पो घृणा लागेर आयो
तिम्लाई यतिसम्म छुट अनि मचाँहि ?
प्रश्न गर्न मन लाग्यो तिनै महादेवसँग
र भने प्रभू, पुरुषलाई किन यति गतिछाडा बनायौ ?
उसको लम्बायूका लागि व्रत बसेकै दिन पनि रक्सी पिउने बनायौ ।

शोभा पौडेल

महादेव व्रत बसेर पतिको आयु लामो हुने भए,
हजारौं नारी विधवा हुनु किन पथ्र्यो र ?
महादेव तिम्रै व्रत बसेर राम्रो पति पाउने भए
आज किन कयौं नारी घरबारविहीन हुन्थे
आफ्नैले लखेटेर सहाराविहीन हुन्थे
र सडक पेटीलाई सिरानी बनाएर किन रात बिताउँथे ?

त्यसैले छोड अब ब्रत बस्न अनि पतिको लामो आयु माग्न
बरु कम्मर कसेर लाग आफ्नो कर्म गर्न,
अनि तिमी जस्तै घरबारविहीन चेलीको अधिकार दिलाउन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: