बाल यौन दुराचारको आरोपमा दुई विदेशी पक्राउ


प्रकाशित मिति :2018-07-24 16:49:46

–महिला खबर–

ललितपुर । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोले बाल यौन दुराचारको आरोपमा दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्रान्सेली नागरिक क्रिस्टोफी ग्युलक्स र डेनिस म्याथुई माइकल चुपाउ रहेका छन् ।

नेपालमा बसिरहेका उनीहरुले गरिव र विपन्न परिवारका बालकहरुलाई ललाई फकाई, प्रलोभनमा पारी बाल यौन दुराचार (Pedophilia) गरिरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा निरन्तर निगरानी पश्चात पक्राउ गर्न सफल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जनालाई जवरजस्ती करणी महलको वाल यौन दुराचार (Pedophilia) अपराध अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति विरुद्ध हालसम्म ८ जना पीडितहरू सम्पर्कमा आएको र थप उजुरी आउने क्रम जारी रहेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण हरि शर्माले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: