पसलका महिला मजदुरलाई बस्ने अधिकार


प्रकाशित मिति :2018-07-25 12:00:36

ललितपुर । मुख्यतया पसलहरूमा महिला कामदारहरू लाई बस्न अनुमति छैन । पर्खालमा अडेस लागाउन र लिफ्ट प्रयोग गर्न पनि निषेध छ ।

केरलामा ‘बस्ने अधिकार’ मा पसल सहायकहरुको विरोधलाई विजी पेनकूटले नेतृत्व दिएकी छन् । सीबील विल्सन (नाम परिवर्तन) ले केरलाको ठूलो, चमकदार, उज्यालो सारी पसलहरुमा १० वर्षसम्म काम गरेकी छन् ।

त्रिवेंद्रमको पसलमा उनी लगातार उभिएर काम गर्छिन् । उनको तलब कम छ । लगातार उभिँदा उनको खुट्टाको दुखाइ र सूजनले उनलाई सबै भन्दा धेरै दुःख दिन्छ ।

उनका रोजगारदाताले विल्सन र उनीसँगै काम गर्ने अरु १ सय २० जना महिला सेल्स सहायकहरु जो चार वटा तलामा १२ देखि १४ घण्टाको सिफ्टमा काम गर्छन्, उनीहरुलाई बस्न मनाहि गर्छन् ।

‘हामी लिफ्टहरू पनि प्रयोग गर्न सक्दैनाैं । सबै ग्राहकहरू तिनीहरूको खरिदको लागि भुर्इं तलामा पैसा तिर्छन् र हामी सँगसँगै हुनुपर्छ ।

त्यसैले हामी सबै दिनभर माथि र तल गर्छौं । केही पटक, जब हामीले लिफ्ट प्रयोग गर्यौं, ग्राहकले हामीलाई हाम्रो साथ साझेदारी गर्नका लागि सिकायत गरे’ विल्सनले भनिन् ।

अहिले केरला सरकारले घोषणा गरेको छ कि यसले आफ्नो श्रम कानून परिवर्तन गर्नेछ । जसमा नियोक्ताहरूलाई एउटा सर्त– महिलाहरुलाई बस्न दिने पनि समेटिएको छ । जुन प्रतिनिधित्व नभएका पसलका कर्मचारीहरूको ‘इरिप्पु समारा’ (मलयालममा बस्ने अधिकार) का लागि महिला संघको लडाइँको परिणाम हो ।

सारी पसल र अन्य खुद्रा पसलहरुका अधिकांश मालिकहरूले पसलका कामदार महिलाहरूलाई बस्न मनाहि गर्छन् । पर्खालको विरुद्धमा अडेस लाग्दा पनि सजाय हुन सक्छ । खाना खाने समयावधी ३० मिनेट हो । शौचालय ब्रेकहरू एकदमै सीमित छन् । सहकर्मीसँग कुरा गर्दा वेतन कटौती हुन सक्छ । कर्मचारीहरूको अनुशासनको लागि जाँच गर्न सीसीटिभी फुटेज निगरानी गर्छन् ।

जब राज्यका पुरुष प्रभुत्व रहेका संघहरूले यस मुद्दालाई बेवास्ता गरे महिला समूहकी नेता बिजी पेनकुटद्वारा अम्टो भनेर चिनिने महिला संघको स्थापना भएको थियो ।

उनले आठ वर्ष पहिले बस्ने अधिकारका लागि आन्दोलन शुरू गरिन् । जब कोझिकोडमा एक बिक्री सहायक जो भित्तामा अडेस लागेकी थिइन् । त्यतिबेला एक ग्राहक कुन चाँहि साड़ी किन्ने भनेर साच्दै थिए । उनको ‘अपराध’ को लागि एक सय रुपैयाँ तलब कटौती गरिएको थियो ।

‘महिलाहरु धेरै नपिउन सावधान रहन्छन् किनकी तिनीहरू चाहेको बेला शौचालय जान सक्दैनन् । तिनीहरूमा मूत्र संक्रमणहरु र मिर्गौलाका समस्या छन् । लामो समय खडा हुँदा उनीहरुमा नशा सुन्निने र जोर्नी दुख्ने समस्या छ । सरकारले यस समस्यामा ध्यान दिन धेरै लामो समय लगायो’ पेनकूटले भनिन् ।

४ जुलाईमा केरला राज्यको क्याबिनेटले पसल सहायकहरूद्वारा भएको सडक विरोधमा प्रतिक्रिया व्यक्त गर्दै भने – उसले विद्यमान कानूनी व्यवस्थालाई संशोधन गर्नेछ, जसले बिक्री सहायकहरूको बस्ने अधिकारलाई समेट्न कस्तो सुविधा प्रदान गर्नुपर्छ भन्ने निर्दिष्ट गर्न असफल छ ।

‘महिला कर्मचारीहरुको हितको रक्षा गर्नु हाम्रो नीति हो र कानूनमा यसलाई जोड्नु पथ्र्याे’ एक श्रम आयुक्त थोजील भवनले भने । नयाँ कानूनले न्यूनतम मासिक तलब दश हजार रुपैयाँ, दैनिक आठ घण्टा कार्य अवधि, बस्नका लागि एक कुर्सी तोक्ने छ । चिया ब्रेक र खाना ब्रेकको अवधि सहितको निर्णय भने केरला क्याबिनेटबाट गर्न बाँकी छ ।

साभार : द गार्जिएन

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: