साइकलसहित तीन महिला सगरमाथा चढ्ने


प्रकाशित मिति :2018-07-25 12:51:39

–महिला खबर–

ललितपुर । ‘सोंचलाई परिवतर्न गरौँ, नारी कोमल हुन्छिन् कमजोर हुँदैनन्,’ भन्ने नाराकासाथ साइकलसहित तीन महिलाले सगरमाथा आरोहण गर्ने भएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले सो कुरा जानकारी गराएका हुन् । सगरमाथा आरोहण गर्ने तयारीमा रहेका महिलाहरुमा ३६ वर्षीया सर्मिला थापा, २२ वर्षीया सुष्मा कुमाल र २५ वर्षीया उषा खनाल रहेका छन् । उनीहरुले सन् २०१९ काे अप्रिल महिनामा साइकलसहित सगरमाथा आरोहण गर्नेछन् ।

आरोहणको तयारीमा रहेकी सर्मिला थापाले आरोहणका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राट्रिय रुपमा आर्थिक सहयोगहरु संकलन गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीलाई सगरमाथा आरोहण गर्नका लागि प्रतिव्यक्ति ३२ लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं । त्यो हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा संकलन गर्नेछौ ।’

थापाले साइकलसहित सगरमाथा आरोहण गर्नाले प्रदुषणबारे सचेतना जगाउने, पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा राखेकाे बताइन् । उनले भनिन्, ‘काठमाडौं यति प्रदुषित छ । त्यसकारण साइकलबाट शारिरीक व्यायमका साथै वातावरणका लागि समेत फाइदा पुग्छ ।’

आरोहणको तयारीमा रहेका सुष्मा र उषाले साइकलसहित सगरमाथा आरोहणले महिलाहरु कमजोर हुँदैनन् भन्ने सचेतना हुने बताइन् ।

उनीहरुले भने, ‘महिलाहरु कमजोर छैनन् । हामीपनि साइकलसहित सगरमाथा आरोहण गर्न सक्छौ ।’

सगरमाथा आरोहण गर्नुपूर्व उनीहरुले सात सय मिटरको हिमाल आरोहण गर्नेछन् । साइकल चढेर सगरमाथाको चुचुरोमा पुग्न असम्भव भएकोले सगरमाथाको फेदिबाट साइकलका सबै अंगहरु व्यागमा बोक्ने र चुचुरोमा पुगिसकेपछि जोडेर साइकलसहित चुचुरोमा पुगेको सन्देश दिने उनीहरुले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: