दिल्ली पुर्‍याइएका १६ नेपाली युवतीको उद्दार


प्रकाशित मिति :2018-07-26 11:58:30

–महिला खबर–

ललितपुर । विभिन्न देशमा आकर्षक तलबसहित रोजगारी दिलाइदिने प्रलोभनमा पारी भारतको नयाँ दिल्ली पुर्‍याइएका १६ नेपाली युवतीको उद्दार गरिएको छ ।

नेपाल सरकारद्वारा प्रतिबन्धित इराकदेखि कुबेत र दुबई पठाइदिने भन्दै लगिएका नेपाली युवतीलाई मंगलबार राति दिल्ली महिला आयोग, केआई नेपाल र स्थानीय वसन्त विहार प्रहरीको संयुक्त टोलीले उद्दार गरेको हो ।

दिल्ली आयोगकी अध्यक्ष स्वाती मलिवालले प्रहरी अनुसन्धान लगायत अन्य प्रक्रिया पूरा गरेपछि उनीहरुलाई नेपाल पठाइने बताएकी छन् । सबै युवतीहरुको राहदानी दिल्ली पुग्नु अघि मानवतस्कर गिरोहले कब्जा गरेको बताइएको छ ।

उनीहरु अधिकांश १८ देखि २२ वर्षका छन् । उक्त देशमा महिलाहरुमाथि शारीरिक र मानसिक शोषण हुने भन्दै नेपाल सरकारले २०७२ जेठदेखि श्रम स्वीकृति रोकेको छ । तर, रोजगार आकांक्षी महिला र युवतीहरुलाई मानव तस्करहरुले विभिन्न प्रलोभनमा पारी निरन्तर भारतीय बाटो हुँदै खाडी मुलुकमा पठाउने धन्दा भने रोकेका छैनन् ।

उद्दार गरिएका युवतीहरुलाई मानव तस्कर गिरोहले एक महिनादेखि सो ठाउँमा पुर्याएर राखेको बताइएको छ ।

उनीहरुमध्ये केहीलाई कुवेत उडाउने भन्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको तर विमानस्थल कर्मचारीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नक्कली भएको आशंकामा रोकेका थिए ।

त्यसपछि भारतीय अधिकारीहरुले भारतस्थित नेपाली दूतावाससँग बुझेपछि १६ जना महिलाहरुलाई बन्धक बनाइएको विषय बाहिर आएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: