बलात्कृत युवती नोबेल शान्ति पुरस्कारकाे लागि मनोनित


प्रकाशित मिति :2018-07-26 13:29:15

ललितपुर । अमांडा न्गुयेन उनको उमेर समूहका अधिकांश जस्तो छैनन् । २६ वर्षीया कार्यकर्ता अमेरिकी अपराध न्याय प्रणालीले यौन हिंसा र ती अपराधहरूको जीवित दृष्टिकोणलाई कसरी व्याख्या गर्ने भन्ने विषयलाई मौलिक रूपमा परिवर्तन गर्दैछिन् ।

सन् २०१४ मा न्गुयनले राईज नामक एक राष्ट्रिय नागरिक अधिकार गैर नाफामूलक संस्था स्थापना गरिन्, जसले यौन दुर्व्यहार पीडितहरूको स्वतन्त्रताको संरक्षणमा ध्यान दिन्छ ।

MARINA DEL REY, CA – NOVEMBER 19: Honoree Amanda Nguyen speaks onstage during the Marie Claire Young Women’s Honors presented by Clinique at Marina del Rey Marriott on November 19, 2016 in Marina del Rey, California. (Photo by Rich Polk/Getty Images for Young Women’s Honors )

केही वर्षपछि उनले यौन दुर्व्यहार विरुद्घ अधिकार, कानून पीडितहरूलाई आधारभूत नागरिक अधिकार प्रदान गर्नेे विधेयक ड्राफ्ट गरिन् ।

त्यही कामका कारण गत महिना न्गुयनलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरिएको छ ।

‘म निकै चकित, खुसी र गौरवले भावविह्वल भएँ’ न्गुयनले हफ पोष्टलाई भनिन् –‘ किनकी मलाई थाहा थियो कि यो मनोनयन केबल मेरालागि मात्रै थिएन । यो सब पीडितहरुका लागि हो जसले नागरिक अधिकार कानूनमा पाए ।’

न्गुयनको यात्रा २०१३ देखि सुरु भएको हो । त्यतिबेला नी हार्ववड विश्वविद्यालयमा अन्तिम वर्षमा पढ्दै थिईन् । त्यतिबेलै उनी बलात्कृत भईन् ।

बलात्कार जाँच गराएपछि प्रहरीले यदि उनले रिपोर्ट दर्ता नगरेमा डाक्टरको रिपोर्ट किट ६ महिनामा नष्ट हुने जानकारी गरायो । तर मासिट्युट्स् राज्यमा बलात्कारको अभियोग दर्ता १५ वर्षसम्म गर्न सकिने उल्लेख छ ।

बलात्कार जाँच धेरै कारणहरुले महत्वपूर्ण छ । यसले बलात्कारीको पहिचान, केसको समाधान गर्नुका साथ साथै निर्दोषलाई सजाय मुक्त बनाउँछ । तर गरिबी अथवा अन्य कारणबाट दशौं—हजारौं बलात्कार जाँच किटहरु पुलिस थानामै सीमित छन् ।

हरेक छ महिनामा न्गुयेनले आफ्नो बलात्कार जाँच नहटाउन पीडकको डिएनएसँग दाँज्नुपर्छ भनेर हरेक समय थप्न आग्रह गर्नु पर्थ्यो ।

‘महिलाहरुलाई धेरै जस्तो पूर्ण मानव सम्मान दिर्इंदैन ।’ उनले भनिन् ‘त्यसमा पनि एसियन–अमेरिकी महिला हुनुमा यौन हिंसाका कसरी व्यवहार गरिन्छ भन्ने अन्तर थाहा छ ।’

‘एसियन–अमेरिकी महिलाहरूलाई धेरै कामुकताको विषय बनाईन्छ । जसले गर्दा उनीहरु यौन हिंसामा पर्छन् ।’ उनले भनिन् – एसियन महिलाहरुको शरीरलाई पहेंलो ज्वरो भनेर भन्ने, उनीहरुलाई वस्तुका रुपमा हेर्ने, अरुको अधिनमा बस्नुपर्ने रुढीबादी सोचजस्ता यसका उदाहरण हुन् ।

सन् २०१४ मा, न्गुयनले राईज नामक संस्था स्थापना गरिन् । उक्त संस्थाले लैंगिक हिंसामा परेका व्यक्ति र अधिकारको लागि विधेयकमा काम गर्न थाल्यो ।

यो विधेयकमा उल्लेखित अधिकारको व्यवस्थाले पीडितहरुलाई कानूनी सुरक्षाको सुनिश्चितता, एक सल्लाहकारसँगको पहुँच र बलात्कार जाँच किटमा पहुँचको व्यवस्था गर्यो ।

त्यस्तै बलात्कार जाँच किट नष्ट हुनु भन्दा अगाडिको किटको फोरेंसिक परिणामको बारे अधिसूचना र किटको कानूनी अवधिको लागि अधिकार संरक्षित गरेको छ ।

विधेयकले यो परीक्षण गर्न स्रोत साधनहरू उपलब्ध रहेकोसम्म व्यवस्था गर्यो । त्यसपछि ( राष्ट्रपति बराक ओबामाले २०१६ मा संघीय स्तरमा विधेयकमा हस्ताक्षर गरे ।)

‘हामीले यस विधेयकमा अधिकारको व्यवस्था पीडितलाई मद्दत गर्न मात्रै गर्दैनौं । प्रहरी, अभियुक्तलाई मद्दत गर्न र न्यायिक प्रणालीले तिनीहरूको कामलाई अझ राम्रो बनाओस् भनेर अधिकारको व्यवस्था गरेको हो । परिणाम स्वरूप, पीडितहरु र हाम्रो अपराधिक न्याय प्रणाली पनि उनीहरूलाई न्याय दिलाउन खोज्छन्’ उनले हफपोष्टलाई भनिन् ।

अब, न्गुयन सबै ५० राज्यहरूमा पारित भएका विधेयकको अधिकार प्राप्त गर्ने अभियानमा छिन् । उनको मिशन मि टू अभियान भन्दा धेरै महत्वपूर्ण छ ।

मि टू आन्दोलन पछि, हामीले अधिक विधायकहरू र स्वयंसेवकहरू हामी कहाँ आएको देख्यौँ, थप पीडितहरु बोल्दै र हाम्रो आपराधिक न्याय प्रणालीलाई चुस्त राख्नका लागि थप कलहरु देख्यौं’ उनले भनिन्, ‘यसले मानिसलाई अगाडि काम गर्न थप ज्ञान दियो ।’

यि सबै भएपछि न्गुयनले भनिन् कि उनी लाखौं पीडित र यौन आक्रमणबाट बचेकाहरूको अधिकारका लागि आएको विधेयकले उनीहरुमा अधिकार प्राप्त हुने बाटोको उदय भएको पाएकी छिन् ।

‘मेरो निरन्तरता देशभर ३२ मिलियन पीडितहरुको जीवनमा प्रभाव पार्न सकेको कारणले भएको हो र यो केवल एक शुरुआत हो’ उनले भनिन् – म यसलाई एक रूपान्तरणको रुपमा हेर्छु — हरेक पटक पीडितले मलाई उनको कथा सुनाउँछन्, यस्तो लाग्छ कि उनीहरू बलेको कोईला माथि छन् । यो सुनेर मन भारी हुन्छ तर यसले मेरो लागि अगाडि बढ्न बाटो तताउँछ ।’

साभार – हफ पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: