सदुपयोग भएन महिला मन्त्रालयको अनुदान


प्रकाशित मिति :2018-07-26 14:47:07

–महिला खबर–

ललितपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गैर सरकारी संस्थालाई दिएको अनुदान रकम सही तरिकाले उपयोग नभएको पाइएको छ ।

आयोगले २०७४ पुस मसान्तदेखि २०७५ वैशाख १५ सम्मको समय अवधिलाई आधार बनाई गरेको अध्ययनका क्रममा यस्तो पाइएको हो ।

अध्ययनका क्रममा मुख्यतः अनुदानमा सञ्चालित ४ सय ३८ वटा संस्थाहरूबाट १० प्रतिशतले हुन आउने ४४ वटा संस्थाहरूलाई छनौट गरिएको थियो ।

जसमा १६ वटा फरक क्षमता भएका सम्बन्धित काम गर्ने संस्था, १४ वटा ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने संस्था, ८ वटा महिला सम्बन्धी काम गर्ने संस्था, २ वटा बालबालिकासम्बन्धी काम गर्ने संस्था र ४ वटा मिश्रित संस्थाहरू समावेश गरिएको थियो ।

आयोगले तयार पारेको गैह्रसरकारी संस्थाले गरेका कामको प्रभावकारिता मूल्याङ्कन सम्बन्धी अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७३/२०७४ को मन्त्रालयबाट वितरित अनुदान रकम अपेक्षाकृत मात्रामा अपेक्षित संस्थाहरुमा वितरण गर्न नसकेको पाइएको छ ।’

यस्तै अनुगमनका क्रममा अत्यावश्यक संस्थाहरुलाई रकम कम गएको र त्यसको विपरित समाजमा खासै धेरै प्रभाव फिजाउन नसकेका संस्थाहरुमा तुलनात्मक रुपमा अनुदान रकम बढी गएको पाइएको अध्ययनको निष्कर्षमा जनाइएको छ ।

अनुगमनको निष्कर्षमा भनिएको छ, ‘अनुदानबाट सञ्चालित संस्थाहरुले आफ्नो संस्थामा विभिन्न तहमा वितरण गरिनुपर्ने खर्चको लेखापरीक्षण गरिएको पाइएपनि रकम खर्च गर्दा लाभदायी समुदायका मानिसहरुको नाम, ठेगाना, टेलिफोन नम्बरसमेत अधिकांशले उल्लेख नगरेको पाइयो ।’

यसबाट रकमको सदुपयोग वा दुरुपयोगबारे प्रत्यक्ष लाभग्राहीसंँग अनुसन्धानकर्ताले सम्पर्क गरी संस्थाका क्रियाकलापबारे जानकारी लिन समस्या हुने गरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जनाइए अनुसार अनुगमनका क्रममा वृद्धवृद्धातर्फको सबैभन्दा बढी रकम निर्माणमा खर्च भएको पाइएको छ । त्यसपछि भ्रमण, सचेतना र तालिम र खाना र आवासका लागि खर्च भएको पाइयो ।

यस्तै फरक क्षमता भएका व्यक्तिको रकम सबैभन्दा बढी सचेतना र तालिममा खर्च भएको छ । त्यसपछि निर्माण र खाना आवसमा र्खच भएको छ ।

महिला सम्बन्धी विनियोजित रकममा सबैभन्दा बढी सचेतना र तालिमका साथै निर्माणमा खर्च भएको पाइएको छ । बालबालिका सम्बन्धी रकममा खाना र आवासमा बढी खर्च भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: