दुर्गा प्रसाईंविरुद्ध उजुरी


प्रकाशित मिति :2018-07-26 15:59:55

–महिला खबर–

ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली महिलाले शरीरसँग सटिर्फिकेट साटिरहेको भन्दै विवादास्पद अभिव्यक्ति दिने दुर्गा प्रसाईं विरुद्ध राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगमा उजुरी परेको छ ।

प्रसाईंमाथि कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बिहीबार आयोगमा उजुरी दर्ता गराएका छन् भने अभियन्ता जमुना सुवेदी, अम्बिका कार्की र राज्यलक्षमी श्रेष्ठले मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत रहेका प्रसाईंले १४ महिनाअघि गरिएको एक पत्रकार सम्मेलनमा ‘डाक्टर पढ्न बंगलादेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरुले करणी गरेर नौ वर्षसम्म राख्ने गरेको’ विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर अहिले विभिन्न सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ । नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले महिलाहरूको अस्मिताविरुद्ध बोल्नेलाई कारबाही माग गर्दै आयोगमा उजुरी दिइएको बताइन् ।

उजुरी दिएको विषयमा नेविसंघले विज्ञप्ती समेत निकालेको छ । विज्ञप्तीमा प्रसाईंलाई कारबाही नगर्ने हो भने मनपरी अझै बढ्ने उल्लेख गरिएको छ ।

मानव अधिकार आयोगमा परेको उजुरीमा प्रसाईंको अभिव्यक्तिले आम नेपाली महिलाहरुको मर्यादामाथि प्रहार गरेको भन्दै गाली बेइजती ऐन २०१६ र सार्वजनिक अपराध र सजाय ऐन बमोजिम कारबाहीको माग गरेका छन् । उनीहरुले प्रसाईंलाई जेल चलान गर्नुपर्ने माग समेत गरेका छन् ।

उक्त अभिव्यक्तिलाई लिएर अहिले विभिन्न सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।
यसअघि प्रसाईंले बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: