समलिंगी विवाहले मान्यता पाउला ?


प्रकाशित मिति :2018-07-27 15:15:59

–महिला खबर–

ललितपुर । समलिंगी विवाहलाई कानुनी मान्यता दिन लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले माग गरेका छन् । उनीहरुले २०६६ सालमा सर्वोच्च अदालतको आदेश पछि गठन भएको समितिको प्रतिवेदनलाई आधार मान्दै, नेपालमा तेस्रो लिंगी विवाहलाई मान्यता दिन सरकारसँग आग्रह गरेका छन् ।

२०७१ सालमा बनेको सरकारी समितिका संयोजक डा.लक्ष्मीराज पाठक सहितको समितिले बुझाएको प्रतिवेदनको सुझाब पालना गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

सञ्चारिका समूहले उत्पादन गर्ने कार्यक्रम समकोणमा कुरा गर्दै अधिकारकर्मी तथा उक्त समूदायकी प्रतिनिधि भुमिका श्रेष्ठले भनिन्, नेपालमा धेरै समलिंगी जोडी कानुनको अभावमा लुकेर बस्नु परिरहेको छ । यसलाई कानुनी मान्यता दिई हामीलाई न्याय दिनुहोस् ।’

अधिकारकर्मी भुमिका र अरुका प्रश्नको जबाफ दिँदै सांसद नवराज सिलवालले लैंगिक पहिचानका विषयमा सरकार संवेदनशिल रहेको बताए ।

नेपालको संविधान मौलिक हकको धारा ४२ मा लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचानको कुरा समावेश गरिएको छ । तर उनीहरुले यसको पर्याप्त उपयोग गर्न नपाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सांसद सिलवाले आफुले यस विषयमा कुरा उठाउने बताए ।

सञ्चारिका समूहले उत्पादन गर्ने कार्यक्रम समकोणमा कुरा गर्दै उनले संसदमा यस समुदायको प्रतिनिधित्व नभएको भएपनि त्यसको अभाव महसुस हुन नदिने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै पुर्व महान्यायाधिवक्ता हरि फुँयालले, संविधानले यस समुदायको पहिचान स्थापित गराएको भएपनि प्रयाप्त ऐन र कानूनको अभाव रहेको बताएका छन् । २०६४ सालयता पटक पटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पक्षमा सर्बोच्च अदालतले फैसला गरेको भए पनि सरकारले कानून निर्माणमा ढिलाई गरेको उनको भनाई थियो ।

समलिंगी विवाहकै प्रसंगमा फुयाँलले भने, ‘समलिंगी विवाह गर्न ठिक्क परेका वा सँगै बसिरहेका जोडीहरुले सन्तान धर्मपुत्र वा धर्मपुत्रीको रुपमा राख्न पाउने व्यवस्थाका लागि छुट्ट्ै कानुन बनाउन जरुरी छ ।’

यसै विषयमा महिला मन्त्रालयका उपसचिव तथा सम्पर्क व्याक्ति भरत शर्माले, सरकारले जति ख्याल गर्नुपर्ने त्यति यस विषयलाई वास्ता गर्न नसकेको स्वीकार गरे ।

उनले भने, ‘सरकार यस विषयमा जति गम्भीर हुनु पर्ने थियो, हुन सकेको छैन । हामी २ वर्षदेखि मस्यौदा बनाउने तयारीमा छौं तर अहिलेसम्म पुरा भएको छैन ।’

‘लैंगिक तथा यौनिक समुदायले भोग्ने हिंसा र अपमान कसरी अन्त्य होला ?’ यसै विषयमा गरिएको कार्यक्रम समकोण कान्तिपुर टेलिभिजनमा आज बेलुकी ९ बजे प्रशारण हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: