अफ्रो महिलाको न्यायका लागि


प्रकाशित मिति :2018-07-27 15:27:35

चारो मीना रोजाको धेरै वर्षको सचेतना, दवाव, वकालत तथा सचेतनाले सन् १९९३ मा कानुन पारित भई अफ्रो जाति समुदायको कानुनी, सांस्कृतिक, राजनीतिक तथा क्षेत्रीय पहिचान सुनिश्चित गरायो । कोलम्बिया सरकार र क्रान्तिकारी सशस्त्र बल बीचको पचास वर्ष भन्दा बढि चलेको युद्ध ऐतिहासिक शान्ति सम्झौताद्वारा समाप्त भयो । मीना रोजा कोलम्बियाका अफ्रो जातिका महिलाको न्याय र समानताका लागि वकालत गर्छिन् ।

म, काली, कोलम्बियाको अफ्रो समुदायका क्षमतावान र सशक्त महिलाले घेरिएर हुर्किएँ, यद्यपि ती समुदायका महिलाको जीवनमा कुन कुरा ठिक, कुन कुरा गलत भन्ने कुरा चाहिँ पुरुषहरूले नै निक्र्याेल गर्थे । अफ्रो समुदायका महिला म जस्तै बहु विभेदको मारमा परेका छन् । एउटा जातिगत विभेदको आधारमा भने अर्को लैङ्गिक विभेदका आधारमा र थप गरिवीको कारण । स्कूल पढ्दा धेरैले मलाई घृणा तथा वेवास्ता गर्थे । कतिले यसले आफूले केही गर्न जान्दिन भन्ने भावले हेर्थे । यस्तो विभेद जीवनमा निरन्तर सामना गर्दै गएँ, मन्त्रालयमा काम गर्दा समेत मलाई मेरो सहायकले दुर्लभ रुपमा मात्र सहयोग गर्दथ्यो ।

विभेदको मारमा परेका कोलम्बियाका ५० लाख अफ्रो समुदायका व्यक्तिहरू हिंसा प्रभावित क्षेत्रमा बसोबास गर्छन् । उक्त क्षेत्रमा महिलालाई यौनजन्य वस्तुका रुपमा हेरिन्छ भने घरेलु हिंसा तथा यौनजन्य हिंसा बढेको छ ।

उक्त क्षेत्र शान्ति सम्झौता पछि लडाकु समूहले छोडेर गएपछि खाली भएको क्षेत्र हो, जुन घरबार छोड्न बाध्य अर्को लडाकु समूहद्वारा कब्जा गरिएको थियो । यौनजन्य हिंसा, अपहरण तथा यातनालाई राजनीतिक हतियारका रुपमा प्रयोग गरिएको छ, र किशोरी तथा महिला मात्र होइन बालबालिका पनि बढी प्रभावित भएका छन् । हिजो आज मात्र होइन भोलि पनि प्रभावित हुनेछन् ।

हामीले आर्थिक, वातावरणीय तथा सांस्कृतिक हिंसाको पनि सामना गरिरहेका छौं । उदाहरणका लागि, नव उदारवादी आर्थिक नीति जुन हाम्रो समुदायको परम्परा भन्दा बेग्लै छ, त्यसैलाई नै हाम्रो समुदायमा लादिएको छ । यो कुरा शान्ति सम्झौताको समयमा पनि छलफल गरिएको थिएन ।

शुरुआतीदेखि नै अफ्रो समुदायका महिलाहरू वार्ताको टेबलमा थिएनन् । तर अन्त्यमा जनजाती परिप्रेक्षबाट एउटा विशेष भाग समावेश गर्न हामी सफल भयौं । के म सोच्दैछु कि शान्ति सम्झौताको कार्यान्वयन हुनेछ ? हो, म विश्वस्त छु, यसको कार्यान्वयन हुनेछ । तर कोलम्बियन जनताको विविधतालाई स्वीकार गरी अधिकारको सम्मान गर्दै यसको पूर्ण कार्यान्वयन गर्नु आवश्यक छ ।

यसको मतलव, भौतिक पूर्वाधार परियोजनाको विकास हुनु पूर्व नै अफ्रो समुदायका महिलाहरूको भूमि र सम्पत्तिमा पहुँच बृद्धि भई आफ्नै सांस्कृतिक परम्परा, अभ्यास र स्थानीय समुदायको परामर्श अनुरुप उपभोग गर्नसक्छन् ।

(त्रिपन्न वर्षीय चारो मीना रोजा कोलम्बियामा काला समुदायका लागि एडभोकेसी तथा आउटरिच अफिसरको राष्ट्रिय संयोजक हुन् । चारो मीना रोजा व्यापक रुपमा जनजाति आयोगको लैङ्गिक समितिमा रहेर हभाना शान्ति प्रक्रियामा सहभागी भएकी थिइन्, जसले गर्दा अफ्रो कोलम्बीयन जनजाति महिलाको अधिकार अन्तिम स्वरुपको सम्झौतामा समावेश गरियो । चारो हाल कोलम्वीयन सरकारको शान्ति सम्झौता कार्यान्वयन योजनामा बसेर अफ्रो समुदायको अधिकार संरक्षित र सुनिश्चित गर्न लागिपरेकी छन् ।)

साभारः यु एन वमन

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: