समाचार प्रभावः धनमतीलाई रकम हस्तान्तरण


प्रकाशित मिति :2018-07-27 16:08:22

–प्रकाश सिंह–

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ६ कोर्ध बस्ने ४१ वर्षीया धनमती बडुवाललाई उपचारका लागि संकलन भएको रकम हस्तान्तरण गरिएको छ । उनलाई उपचारका लागि संकलन भएको ७९ हजार १ सय बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल मार्फत हस्तान्तरण गरिएको हो ।

सहयोगी आफन्त र आर्थिक अभावमा अपाङ्ग जीवन बाँचिरहेकी धनमतीको पीडादायी जीवनका बारेमा महिला खबरमा समाचार प्रकाशित भएपछि उनलाई सहयोग जुटेको महिला तथा बालबालिका कार्यलयमा कार्यरत सहायक महिला विकास निरीक्षक बिन्दु बडालले बताइन् ।

धनमतिको उपचारका लागि संकलन भएको रकम बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवाल र धनमतिको उपचारका लागि सहयोग अभियान चलाएकी साहयक महिला विकास निरीक्षक बिन्दु बडाल संयुक्त रुपमा वडा नम्बर ६ की वडा अध्यक्ष कला बडुवाललाई हस्तान्तरण गर्दै । तस्वीरः प्रकाश सिंह

उनको उपचार सहयोगको लागि भन्दै देश र बिदेशबाट पैसा आएको उनले बताईन् ।

धनमतीको उपचार अहिले अछामको बयलपाटा अस्पतालले गरिरहेको छ । संकलन भएको रकम बडिमालिका नगरपालिका वडा नम्बर ६ कि वडा अध्यक्ष कला बडुवालले पीडित महिलाको खातामा जम्मा गरिने बताईन् ।

यो रकम मध्ये २० हजार उनको उपचारमा खर्च भइसकेको छ । बाँकी रकम उनको उपचारमा खर्च हुने अध्यक्ष बडुवालले बताईन् ।

धनमती बडुवाल गएको असोजमा भिरबाट ढुङ्गा खसेर उनको खुट्टा भाँचिएको थियो । उनका श्रीमान मानसिंह बडुवालको तीन वर्ष पहिले भिरबाट लडेर मृत्यु भएको थियो । अहिले उनी र उनकी छोरी चन्द्राकुमारी बढुवाल मात्र छन् ।

यो पनि हेर्नुहोस्,

http://mahilakhabar.com/news/2018/05/30/41601.html

http://mahilakhabar.com/news/2018/06/01/41647.html

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: