पत्रकार महिलाले यसरी खेले फुटवल


खेलको उपाधि प्रिन्ट मिडियालाई

प्रकाशित मिति :2018-07-28 22:39:04

–महिला खबर–

ललितपुर ।  नेपाल पत्रकार महासंघ महिला विभागले आयोजना गरेको महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।

‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रात परेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

विजेता टोली प्रिन्टका लागि पुण्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए । अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।

विजेता टोली रेडियोलाई २–१ गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए ।

विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरूले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरे ।

खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताए । सो अवसरमा उनले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्साहनस्वरुप रु १० हजार महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरे ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: